सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थप एक जना कोरोना संक्रमितको मृत्यु, जिल्लामा मृत्यु हुनेको संख्या ४ पुग्यो


  •    न्युजभित्तो/४ भाद्र २०७७, बिहीबार १५:२९ 
  • भरतपुर । भरतपुर अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको आज बिहीबार मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं. १३ का ६५ वर्षका पुरुषको रहेको अस्पतालले जनाएको छ ।

    अस्पतालका कोभिड १९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलका अनुसार विगत ६ दिनदेखि कोभिड १९ संक्रमण भई अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचाररत पुरुषको दिउँसो २ः५७ बजे मृत्यु भएको हो ।

    मृतक पुरुष दीर्घरोगी रहेको र उनमा फोक्सोमा क्षयरोग, स्पाईनल ईन्जुरले खुट्टा नचल्ने, मृगौलामा समस्या लगायतका समस्या रहेको उहाँले जानकारी दिनुभयो ।

    उनीसँगै कोरोना संक्रमणका कारण हालसम्म भरतपुर अस्पतालमा तीन जनाको मृत्यु भएको छ । अर्का एक जनाको पूर्वी चितवनमा आफ्नै निवासमा मृत्यु भएको थियो । जिल्लामा कोरोना संक्रमित हुनेको संख्या दिनानुदिन बढ्दै गएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.