सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा ४४९ क्यूफिट काठ बरामद


  •    न्युजभित्तो/४ भाद्र २०७७, बिहीबार १०:१८ 
  • भरतपुर । डिभिजन वन कार्यालय चितवनले अवैध ४४९ क्यूफिट काठ बरामद गरेको छ । गोप्य सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट सो परिमाणमा काठ बरामद गरिएको हो ।

    भरतपुर महानगरपालिका –१६ बाट ५९ क्यूफिट काठसहित फर्निचर उद्योग सञ्चालकलाई बुधबार नियन्त्रणमा लिइएको छ । सिद्धार्थ फर्निचर उद्योगका सञ्चालकलाइ अवैध काठसहित पक्राउ गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालले जानकारी दिनुभयो । सञ्चालक राम नेपालीको फर्निचर उद्योगबाट साल, सल्लो र सिसौको काठ बरामद गरिएको खनालले बताउनुभयो ।

    “काठ खरीदको आवश्यक कागज र विल भेटिएको छैन”, उहाँले भन्नुभयो’, “थप अनुसन्धानपछि पुष्टि हुन्छ ।” फर्निचर सञ्चालक नेपाली र काठ डिभिजन वन कार्यालयमा राखिएको छ । काठको स्रोत नखुलेका अवस्थामा वन ऐन २०७६ बमोजिम कारबाही गरिने खनालले बताउनुभयो ।
    यस्तै इच्छाकामना गाउँपालिकाको करिनाटरमा जनप्रतिनिधिले सञ्चालन गरेको फर्निचर उद्योगबाट अवैध रुपमा राखिएको सालको गोलाइ डिभिजन वन कार्यालय चितवनले मङ्गलबार बरामद गरेको छ ।

    गाउँपालिकाका वडा सदस्य बाबुकाजी त्रिपाठीको फर्निचर उद्योगबाट डिभिजन वन कार्यालय र प्रहरीको संयुक्त टोलीले सालको काठ बरामद गरेको हो । अवैध रुपमा राखिएको सालको काठ भेटिएपछि वडा सदस्य त्रिपाठी अनुसन्धानमा तानिनुभएको छ । सालको गोलाइको स्रोत खुलेको छैन । उहाँले स्थानीयवासी शङ्कर नेपालको निजी जग्गामा लगाइएको साल ल्याएको बताए पनि प्रारम्भिक अनुसन्धानबाट त्यो नदेखिएको वन कार्यालयले जनाएको छ ।

    त्रिपाठीको फर्निचरबाट बरामद गरिएको ३९० क्यूफिट सालको गोलाइ काठ जिल्ला वन कार्यालयमा राखिएको छ । उक्त काठका विषयमा अनुसन्धान थालिएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी खनालले जानकारी दिनुभयो । “काठ कहाँबाट ल्याइएको हो भन्ने प्रमाण देखिएको छैन”, खनालले भन्नुभये, “पहिला काठ कहाँबाट आयो भन्ने कुराको खोजी हुन्छ ।” स्थानीयवासीको सूचनाका आधारमा काठ बरामद गरिएको हो । देशमा कोभिड –१९० सङ्क्रमण बढिरहेका बेला काठ तस्कर गर्नेहरु सक्रिय भएको खनालले बताउनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.