भरतपुरमा परीक्षण गरिएका थप ३० जनामा कोरोना संक्रमण पुष्टि, मृतक बृद्धाका चार जना आफन्तमा पनि संक्रमण
न्युजभित्तो/३ भाद्र २०७७, बुधबार ११:०७
चितवन । जिल्लाका २० जनासहित भरतपुरमा गरिएको परीक्षणमा थप ३० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका १२ जना, राप्ती नगरपालिकाका २ जना, खैरहनीका ५ जना र रत्ननगरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीका अनुसार वलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराका एक÷एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवनमा सबैभन्दा धेरै मंगलबार राति भरतपुर महानगरपालिकामा संक्रमित थपिएका छन् । भरतपुर अस्पताल, मौलाकालिका अस्पताल र नारायणी सामुदायिक हस्पिटलबाट गरिएको स्वाब संकलनबाट भरतपुरका ५ पुरुष र ७ महिलागरि १२ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु भरतपुर–१, २, ३, ४, ७, १० र ११ का बासिन्दा हुन् । संक्रमित पुरुषहरु १९ देखि ६५ वर्ष उमेर समूहका छन् भने महिलाहरु ९ वर्षीया बालिकादेखि ४४ वर्ष उमेर समूहका छन् ।
खैरहनी नगरपालिका–३ का पाँच जना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । ती मध्ये एक जना मंगलबार विहान निधन भएकी १०९ वर्षीया वद्धा हुन् । अन्य चार जना संक्रमित ती वृद्धाको हेरचाहमा खटिएका महिलामा हुन् । उनीहरु होम क्वारेन्टिनमा रहेका थिए । संक्रमित महिलाहरु मृतक वृद्धाको नियमित सम्पर्कमा थिए ।
मृतक वृद्धाका आफन्तलाई कोरोना संक्रमण देखिएसंगै ती वृद्धासहित आफन्तको सोमबार स्वाब संकलन गरिएको थियो । स्वाब संकलन गरेपश्चात १०९ वर्षिया वृद्धाको मंगलबार विहान १ः४५ बजे निवासमै मृत्यु भएको थियो । मृत्यु पश्चात मंगलबार बेलुकी ती वृद्धाको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । अन्य चार जनाको भने बुधबार विहान रिपोर्ट सार्वजनिक गरिएको हो ।
त्यस्तै राप्ती नगरपालिका–४ र ५ का २ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल र नारायणी सामुदायिक हस्पिटलबाट गरिएको स्वाब संकलनमा १९ र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै रत्ननगर नगरपालिका–१० का २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती पुरुषको चितवन मेडिकल कलेजबाट स्वाब संकलन गरिएको थियो ।
यसैगरि भरतपुर अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट गरिएको स्वाब संकलनमा नवलपुरका ३ पुरुष र दुई महिनामा संक्रमण पुष्टि भएको छ ।
त्यस्तै वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट गरिएको स्वाब संकलनमा महोत्तरीका ४४ वर्षीय पुरुष, बाग्गेश्वरी डाइग्नोस्टिक ल्याबबाट गरिएको स्वाब संकलनमा बाँकेकी ३३ वर्षीया महिला, चितवन मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा तनहुँका २९ वर्षीय पुरुष, मकवानपुर हेटौंडा–१९ की ६६ वर्षीया महिला र बाराका ७७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार पाँच सय नमुनाको परीक्षण गरिएको थियो ।