गैंडाकोट नगर क्षेत्रमा अत्यावश्यक सेवा बाहेकमा रोक
न्युजभित्तो/२ भाद्र २०७७, मंगलवार १९:२९
गैंडाकोट । गैंडाकोट नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका कार्य गर्न रोक लगाएको छ । नगर प्रमुख छत्रराज पौडेलले मंगलबार सूचना जारी गरी भदौ २ गते (आज) राती १२ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण कार्य बन्द गर्न नगरवासीमा आग्रह गर्नुभएको हो ।
प्रमुख पौडेलद्वारा जारी सूचनामा औषधि पसल, क्लिनिक, अस्पताल, ग्यास पसल, खाद्यान्न पसल, दूध, तरकारी, फलफूल पसल मात्रै सुरक्षात्मक उपायहरु अपनाएर संचालन गर्न आग्रह गरिएको छ । राजमार्गमा चल्ने लामो दूरीका सवारी साधन र अत्यावश्यक कामका सवारी साधन बाहेक सबै प्रकारका सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाईएको सूचनामा जनाईएको छ । तीज, कुशे औसी लगायतका चाडपर्वहरु आआफ्नो घरमा बसेर मनाउ आग्रह गर्दै सूचनामा कतै जमघट, भेला वा नाँचगान नगर्ने भनिएको छ ।
विशेष अवस्थामा बाहेक कोही पनि घर बाहिर ननिस्कन, निस्कनै पर्ने भएमा भौतिक दूरी कायम गरी मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ ।
नगरवासीलाई बारम्बार साबुपानीले हात धुन, तातोपानी पिउन, बाफ लिन, व्यायाम र ध्यान गर्न सुझाव दिईएको छ । होटल, रेष्टुरेष्ट, ब्यूटिपार्लर, सैलुन, घुम्ती तथा ठेला लगायत सबै प्रकारका व्यापार व्यवसाय पूर्ण रुपमा बन्द रहने सूचनामा उल्लेख गरिएको छ । कोरोना भाईरस (कोभिड १९) को संक्रमणलाई फैलिन नलिन स्वास्थ्यका मापदण्ड तथा नगरपालिकाले जारी गरेको सूचनालाई पूर्ण रुपमा पालना गरी नगरलाई सुरक्षित बनाउन नगर प्रमुख पौडेलले नगरवासीमा अनुरोध गर्नुभएको छ ।
गैंडाकोट । गैंडाकोट नगरपालिकाले अत्यावश्यक सेवा बाहेकका कार्य गर्न रोक लगाएको छ । नगर प्रमुख छत्रराज पौडेलले मंगलबार सूचना जारी गरी भदौ २ गते (आज) राती १२ बजेदेखि भदौ ७ गते राती १२ बजेसम्मका लागि अत्यावश्यक सेवा बाहेक सम्पूर्ण कार्य बन्द गर्न नगरवासीमा आग्रह गर्नुभएको हो ।
प्रमुख पौडेलद्वारा जारी सूचनामा औषधि पसल, क्लिनिक, अस्पताल, ग्यास पसल, खाद्यान्न पसल, दूध, तरकारी, फलफूल पसल मात्रै सुरक्षात्मक उपायहरु अपनाएर संचालन गर्न आग्रह गरिएको छ । राजमार्गमा चल्ने लामो दूरीका सवारी साधन र अत्यावश्यक कामका सवारी साधन बाहेक सबै प्रकारका सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाईएको सूचनामा जनाईएको छ । तीज, कुशे औसी लगायतका चाडपर्वहरु आआफ्नो घरमा बसेर मनाउ आग्रह गर्दै सूचनामा कतै जमघट, भेला वा नाँचगान नगर्ने भनिएको छ ।
विशेष अवस्थामा बाहेक कोही पनि घर बाहिर ननिस्कन, निस्कनै पर्ने भएमा भौतिक दूरी कायम गरी मास्क र सेनिटाइजरको प्रयोग गर्न आग्रह गरिएको छ ।
नगरवासीलाई बारम्बार साबुपानीले हात धुन, तातोपानी पिउन, बाफ लिन, व्यायाम र ध्यान गर्न सुझाव दिईएको छ ।
होटल, रेष्टुरेष्ट, ब्यूटिपार्लर, सैलुन, घुम्ती तथा ठेला लगायत सबै प्रकारका व्यापार व्यवसाय पूर्ण रुपमा बन्द रहने सूचनामा उल्लेख गरिएको छ । कोरोना भाईरस (कोभिड १९) को संक्रमणलाई फैलिन नलिन स्वास्थ्यका मापदण्ड तथा नगरपालिकाले जारी गरेको सूचनालाई पूर्ण रुपमा पालना गरी नगरलाई सुरक्षित बनाउन नगर प्रमुख पौडेलले नगरवासीमा अनुरोध गर्नुभएको छ ।