क्वारेन्टाइनमा रहेका ४२ जना सशस्त्र प्रहरी सहित चितवनमा थपिए ४६ जना कोरोना संक्रमित
न्युजभित्तो/२ भाद्र २०७७, मंगलवार ०६:५५
चितवन । जिल्लामा मंगलबार ४६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा सोमबार राति १२ बजेसम्म गरिएको परीक्षणमा चितवनका ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीका अनुसार सबैभन्दा धेरै संक्रमित राप्ती नगरपालिकाका रहेका छन् । राप्तीको प्रहरी क्वारेन्टिनका ४२ जनामा कोरोना पोजेटिभ देखिएको छ । जसमा ४० पुरुष र २ महिला छन् । उनीहरु १९ देखि ५५ बर्ष उमेर समूहका हुन् । यस्तै भरतपुर महानगरपालिका वडा नम्वर ५, ७, ८ र १० नम्वर वडाका ४ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुर अस्पताल र सेन्ट्रल अस्पतालबाट नमूना संकलन गरिएको थियो ।
यस्तै कोभिड १९ प्रयोगशालामा गरिएको नमूना परीक्षणका क्रममा मकवानपुरका १, बाराका २ र गोरखाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको भरतपुरको सेन्ट्रल अस्पताल, आशा अस्पताल र पुष्पाञ्जली अस्पतालबाट नमूना परीक्षणका लागि पठाइएको थियो ।
सोमबार परीक्षण गरिएको ३५५ नमुना मध्य ५० वटा नमुनामा कोरोना पोजेटिभ भेटिएको थियो । ४६ जना संक्रमित थपिएसंगै जिल्लामा कुल संक्रमितको संख्या २५५ पुगेको छ ।