सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार महासंघ चितवनले भन्यो : प्रविधिको उच्चतम प्रयोग गर्नु


  •    न्युजभित्तो/१ भाद्र २०७७, सोमबार १२:१२ 
  • चितवन । नेपाल पत्रकार महासंघ चितवन शाखाले पत्रकारहरुलाई प्रविधिको उच्चतम प्रयोग गर्दै समाचार सम्प्रेषण गर्न आग्रह गरेको छ । शाखा अध्यक्ष राधेश्याम खतिवडाले आज सोमबार एक विज्ञप्ति प्रकाशित गरी सम्भव भएसम्म घरबाटै समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको हो ।

    स्थानीय प्रशासनले जिल्लाका ६ वटा पालिकामा निषेधाज्ञा जारी गरेको स्मरण गराउँदै उहाँले् पत्रकारहरु पनि उच्च जोखिमरहेको उल्लेख गर्नु भएको छ । जारी विज्ञप्तिमा भनिएको छ “उच्च जोखिमको बीचमा पनि आमनागरिकलाई सुसूचित गराउन अग्रपंक्तिमा रहेर हामीले सूचनाको क्षेत्रमा काम गरिरहेकै छौँ ।”

    आफ्नो सुरक्षाप्रति अति संवेदनशील रहँदै सम्भव भएसम्म निषेधाज्ञाको अवस्थामा घरभित्रै बस्न विज्ञप्तिमा आग्रह गरिएको छ । न्यूजभित्तोलाई प्राप्त विज्ञप्तिमा भनिएको छ “समाचारका लागि सूचना लिनुपर्दा ई–मेल, मोबााइल फोन, टेलिफोन, सामाजिक सञ्जाल आदि माध्यमलाई बढी प्रयोग गरौं । प्रत्यक्ष नभेटी नहुने भएमा मात्रै सामाजिक दूरी कायम गरेर भेटौँ ।”

    बाहिर जानै पर्ने भएमा अरुको सवारी साधन प्रयोग नगरी आफ्नै निजी सवारीसाधन प्रयोग गर्न भन्दै विज्ञप्तिमा भनिएको छ “अरुलाई लिफ्ट नदिऔँ र अरुसँग लिफ्ट पनि नमागौँ । आफूले प्रयोग गर्ने सवारीसाधनमा अस्थायीरूपमा ‘पत्रकार’ वा ‘प्रेस’ लेखिएको कागज टाँसौँ । देखिने गरी आफ्नो परिचयपत्र लगाऔँ । यात्राका क्रममा सुरक्षाकर्मीले सोधपुछ गरेमा सहजरूपमा विवरण टिपाऔँ ।”

    स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र बिरामीको प्रत्यक्ष सम्पर्कबाट टाढै रहन आग्रह गर्दै भिडभाडमा नजान, अपरिचित, शंकास्पद र बाहिरका वस्तु नछुन, आफूले प्रयोग गर्ने सञ्चारसामग्रीहरु नियमित सेनिटाइज गर्न र अन्य साथीहरुले प्रयोग गर्दै आएका सञ्चारसाधनहरु सकेसम्म प्रयोग नगर्न जारी विज्ञप्तिमा भनिएको छ ।

    संकटको समयमा भ्रमको महामारी झनै खतरा हुने भएकोले त्यस्ता भ्रमलाई चिर्नका लागि सत्यतथ्य सूचना संकलन गरी प्रकाशन÷प्रसारण गर्न पत्रकारहरुलाई आग्रह गर्दै विज्ञप्तिमा भनिएको छ “हतारो र अनावश्यक प्रतिस्पर्धा नगरी आधिकारिक नियकाबाट अधिकारिक व्यक्तिले दिएको सूचनलाई मात्र प्राथामिकता दिने गरौँ । बरु ढिलो दिऔँ, सत्य खबर मात्रै दिऔँ ।”

    संक्रमित व्यक्ति वा प्रभावितको सन्दर्भमा समाचार लेख्दा व्यक्तिगत गोपनीयता र आत्मसम्मानको विशेष ख्याल राख्न महासंघले आग्रह गरेको छ । पत्रकारहरुले सामाजिक सञ्जालमा पोष्ट गर्ने विषयले खास अर्थ राख्ने भन्दै सामाजिक सञ्जालमा विषयहरु लेख्दा र पोष्ट गर्दा विशेष ख्याल राख्न महासंघले स्मरण गराएको छ ।

    जिल्लामा कार्यरत पत्रकारहरुको कोरोना भाइरस (कोभिड १९) परीक्षणका लागि सम्बन्धित निकायसँग महासंघले सहजीकरण गर्दै आएको उल्लेख गर्दै विज्ञप्तिमा कोही कसैलाई तत्कालै परीक्षण गराइहाल्नुपर्ने अवस्था भएमा पत्रकार महासंघमा सम्पर्क गर्न भनिएको छ ।

    पत्रकारहरुको मनोबल उच्च राख्न र जस्तोसुकै सहयोग गर्न पनि महासंघ तयार रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ “यो संवेदनशील समयमा अत्यन्त चनाखो र जिम्मेवार भएर काममा खटिन महासंघ आग्रह गर्दछ ।”

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.