चितवनमा थप १० जनामा कोरोना संक्रमण, एउटै घरका तीन जना समेत
न्युजभित्तो/१ भाद्र २०७७, सोमबार ११:३१
चितवन । जिल्लामा थप ११ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा आइतबार गरिएको परीक्षणमा चितवनका १० र मकवानपुरका एक जना गरि ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीका अनुसार चितवनमा सबैभन्दा धेरै भरतपुरमा संक्रमित भेटिएका छन् । भरतपुरमा ४ महिला र ३ पुरुष गरी ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु मध्ये केही क्वारेन्टिनका हुन् भने केही कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचाररत बिरामी हुन् । उनीहरु १५ देखि ४१ वर्ष उमेर समूहका छन् ।
यस्तै क्वारेन्टिनमा रहेका राप्ती नगरपालिका वडा नं. २ र ९ का २ जना बालिकासहित तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अर्की संक्रमित महिला ८६ वर्षकी महिला हुन् । साउन २९ गते गरिएको परीक्षणमा राप्ती–९ का ३७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोना देखिएपछि गरिएको कन्ट्याक्ट ट्रेसिङबाट उनका दुई ९ र ६ वर्षीया छोरीमा पनि कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित महिला भरतपुर अस्पतालको आइसोलेशनमा उपचाररत छिन् भने बालिकाहरु घरमै थिए ।
भरतपुर–१० स्थित आशा अस्पतालमा उपचाररत मकवानपुरको हेटौंडा–९ का ६० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । चितवनमा आइतबार राति कुल ५६८ नमुना परीक्षण गरिएको थियो । आईतबार १० जना संक्रमित थपिएसंगै चितवनमा कुल संक्रमितको संख्या २०९ पुगेको छ ।