सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भरतपुरका अस्पतालहरुमा कोरोना संक्रमित बढ्दै : भरतपुर अस्पतालका मेसु सहित तीन र क्यान्सर अस्पतालका पाँच जनामा संक्रमण


  •    न्युजभित्तो/३२ श्रावण २०७७, आईतवार ०९:४४ 
  • चितवन । जिल्लाका सरकारी र निजी अस्पतालहरुमा कोरोना भाईरस (कोभिड १९) को संक्रमण बढ्दै गएको छ । अस्पतालमा आउने बिरामीसँगै चिकित्सक र स्वास्थ्यकर्मीहरुमा पनि कोरोना संक्रमण बढ्दै गएको हो ।

    शनिबार गरिएको स्वाब परीक्षणमा भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारी, प्रसुती विभाग प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल, आकस्मिक कक्षमा कार्यरत एक चिकित्सक र एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालका अध्यक्ष डा.भोजराज अधिकारीका अनुसार उहाँहरुको स्वास्थ्य सामान्य रहेको छ ।

    अस्पतालका मेसु डा.तिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा रहनु भएको छ । डा.तिवारी कोरोना संक्रमितका बिरामीको व्यवस्थापनका लागि अहोरात्र खटिदै आईरहनु भएको छ । अन्य संक्रमित पनि आईसोलेट भईसक्नु भएको अधिकारीले जानकारी दिनुभयो ।
    यसैगरी शनिबारै गरिएको स्वाब परीक्षणमा वीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका पाँच जना नर्समा संक्रमण देखिएको अस्पतालका निर्देशक डा. देजकुमार गौतमले जानकारी दिनुभयो । होम क्वारेन्टाइनमा बस्न मिल्नेलाई घरमा र नमिल्नेलाई अस्पतालम‌ै बनाइएको आइसोलेसनमा राखिने गौतमले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.