सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पार्टीका सबै कार्यक्रम रोक्न नेकपा चितवनको निर्देशन


  •    न्युजभित्तो/३१ श्रावण २०७७, शनिबार १७:१४ 
  • भरतपुर । नेपाल कम्युनिस्ट पार्टी(नेकपा) चितवनले पार्टी मातहतका सबै कार्यक्रमहरु रोक्न निर्देशन दिएको छ । पार्टीले शनिबार एक विज्ञप्ति जारी गर्दै बैठक, भेला लगायतका पार्टीसँग सम्बन्धित सबै कार्यक्रम रोक्न निर्देशन दिएको हो ।

    पार्टी मातहतका कमिटी तथा संगठनहरुलाई सो निर्देशन दिएको छ । विज्ञप्तिमा सरकार तथा स्थानीय पालिकाहरुको निर्देशनलाई पूर्ण पालना गरी सुरक्षितरुपमा घरमै बस्न सम्पूर्ण जिल्लावासीहरुमा अग्रह गरिएको छ । यस अवधिमा कुनै पनि भेला, सभालगायतका कार्यक्रमहरु नगर्न पार्टीका मातहत कमिटी तथा जनवर्गीय संगठनहरुमा समेत विज्ञप्तिमार्फत् निर्देशन गरिएको छ ।

    पार्टीले चितवन जिल्लामा समेत कोरोना भाइरस कोभिड १९ फैलिँदै गएको र दिनहुँ सक्रमितको संख्या बढ्दै गएको उल्लेख गर्दै यो भाइरसबाट सुरक्षित रहन कुनै पनि भेला, सभा सम्मेलन नगर्न, भीडभाड नगर्न र अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, बाहिर निस्कनुपर्ने अवस्थामा अनिवार्यरुपमा मास्क लगाउन तथा सामाजिक दूरी कायम गर्न निर्देशन दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.