नारायणी नदीले सतर्कताको तह पार ग-यो, नदी किनारका वासिन्दालाई उच्चसतर्कता अपनाउन आग्रह
न्युजभित्तो/३१ श्रावण २०७७, शनिबार ०९:१४
चितवन । नारायणी नदीको बाढीले सतर्कताको तह पार गरेको छ । शनिबार बिहान ८ः५५ बजे देवघाटमा नदीको सतह ७.६ मिटर पुगेको हो । नारायणी नदी देवघाटमा ७.३ मिटर पुग्दा सतर्कताको तहमा पुगेको मानिन्छ । यस्तै उक्त ठाउँमा नदीको सतह ८ मिटर पुग्दा खतरा मानिन्छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जलसतहले सतर्कताको तह पार गरेकोले चितवन र नवलपरासीको नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
नदीको सतह बढ्दो क्रममा रहेकाले नदी किनारमा माछा, मार्ने, दाउरा टिप्ने जस्ता कार्य नगर्न उहाँले अनुरोध गर्नुभयो । नदीको सतह बढेसँगै नदी किनारमा हेर्ने, सेल्फी फोटो÷भिडियो खिच्ने जस्ता कार्य गर्दा समेत होसियारी अपनाउन उहाँले आग्रह गर्नुभयो ।
विगत केही दिनदेखि पहाडी जिल्लामा वर्षाभएसँगै नारायणी नदीको जलस्तर बढेको हो ।