भरतपुरमा एक साताका लागि निषेधाज्ञा, के के खुल्ला र के के बन्द रहने ?
न्युजभित्तो/३० श्रावण २०७७, शुक्रबार १८:५८
भरतपुर । कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकाभित्र निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार एक सूचना प्रकाशित गरी एक साता लामो निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्वारा सूचनामा शुक्रबार राती मध्यरातीबाट लागू हुने निषेधाज्ञा भदौ ५ गते राती १२ बजेसम्म रहने उल्लेख छ ।
अत्यावश्यकीय खाद्य सामग्री खरिद गर्नका लागि बिहान ५ देखि ८ बजेसम्म बेलुका ५ देखि ८ बजेसम्म समय छुट्याईएको छ । जारी सूचनामा अत्यावश्य सेवा प्रदान गर्ने बाहेक अन्य सरकारी, गैरसरकारी संस्था, बैंक तथा वित्तिय संस्थाहरु पनि बन्द रहने जनाईएको छ ।
यस्तै राजमार्गमा मालवाहक सवारी बाहेक र अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई निषेध गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भरतपुर महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । आदेशको अवज्ञा गरिएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने उहाँले बताउनुभयो ।
पछिल्लो समय जिल्लाका सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी र स्थानीयमा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।
निषेधाज्ञाका अवधिमा खुल्ने क्षेत्रहरुः १. अत्यावश्सकीय खाद्य सामग्री खरिद गर्न विहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म पाइने । २. लामो दुरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल, तथा दूध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, पशुपंक्षी, दाना बोक्ने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनहरु । ३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसलहरु । ४. स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु ।
बन्द हुने क्षेत्रहरुः १. अत्यावश्यक सामग्री खरिद गर्न बिहान ५ देखि ८ बजे र बेलुका ५ देखि ८ बजेसम्म बाहेक अन्य समयमा कुनै पनि व्यक्ति घर बाहिर निस्कन र हिडडुल गर्न नपाइने । २. माथि उल्लेखित अति आवश्यक बाहेकका निजी तथा सार्वजनिक साधन (दुई पाँग्रे र चार पाँग्रे) सबै संचालन गर्न नपाइने । ३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसल बाहेक अन्य सबै व्यापार व्यवसाय बन्द हुने । ४. अत्यावश्यक बाहेकका सरकारी कार्यालय, गैर सरकारी संस्था, बैंक तथा वित्तिय संस्था एवंम सहकारी संस्थाहरु सबै बन्द । ५. धार्मिक, संस्कृतिक, सामाजिक (विवाह, ब्रतबन्ध) लगायत भेला जमघट, हुने कार्यहरु सबै बन्द ।
भरतपुर । कोरोना भाईरस (कोभिड १९) संक्रमितको संख्या बढ्दै गएपछि भरतपुर महानगरपालिकाभित्र निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार एक सूचना प्रकाशित गरी एक साता लामो निषेधाज्ञा जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईद्वारा सूचनामा शुक्रबार राती मध्यरातीबाट लागू हुने निषेधाज्ञा भदौ ५ गते राती १२ बजेसम्म रहने उल्लेख छ ।
अत्यावश्यकीय खाद्य सामग्री खरिद गर्नका लागि बिहान ५ देखि ८ बजेसम्म बेलुका ५ देखि ८ बजेसम्म समय छुट्याईएको छ । जारी सूचनामा अत्यावश्य सेवा प्रदान गर्ने बाहेक अन्य सरकारी, गैरसरकारी संस्था, बैंक तथा वित्तिय संस्थाहरु पनि बन्द रहने जनाईएको छ ।
यस्तै राजमार्गमा मालवाहक सवारी बाहेक र अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई निषेध गरिएको छ ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम भरतपुर महानगरपालिकाको सम्पूर्ण क्षेत्रभित्र लागू हुने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भट्टराईले जानकारी दिनुभयो । आदेशको अवज्ञा गरिएमा प्रचलित कानुन बमोजिम कार्वाही गरिने उहाँले बताउनुभयो ।
पछिल्लो समय जिल्लाका सरकारी तथा निजी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी र स्थानीयमा कोरोना संक्रमण बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।
निषेधाज्ञाका अवधिमा खुल्ने क्षेत्रहरुः
१. अत्यावश्सकीय खाद्य सामग्री खरिद गर्न विहान ५ बजेदेखि ८ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म पाइने ।
२. लामो दुरीका मालवाहक ढुवानीका साधन, दमकल, एम्बुलेन्स, शव बाहन, तरकारी, फलफूल, तथा दूध ढुवानीका लागि प्रयोग भएका सवारी साधन, पशुपंक्षी, दाना बोक्ने सवारी साधन, खानेपानी तथा इन्धन ढुवानीका लागि प्रयोग हुने ट्यांकर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मीले प्रयोग गर्ने सवारी साधन, अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधनहरु ।
३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसलहरु ।
४. स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु ।
बन्द हुने क्षेत्रहरुः
१. अत्यावश्यक सामग्री खरिद गर्न बिहान ५ देखि ८ बजे र बेलुका ५ देखि ८ बजेसम्म बाहेक अन्य समयमा कुनै पनि व्यक्ति घर बाहिर निस्कन र हिडडुल गर्न नपाइने ।
२. माथि उल्लेखित अति आवश्यक बाहेकका निजी तथा सार्वजनिक साधन (दुई पाँग्रे र चार पाँग्रे) सबै संचालन गर्न नपाइने ।
३. आधारभूत खाद्य सामग्री पसल, पेट्रोल पम्प, ग्यास डिपो र औषधि पसल बाहेक अन्य सबै व्यापार व्यवसाय बन्द हुने ।
४. अत्यावश्यक बाहेकका सरकारी कार्यालय, गैर सरकारी संस्था, बैंक तथा वित्तिय संस्था एवंम सहकारी संस्थाहरु सबै बन्द ।
५. धार्मिक, संस्कृतिक, सामाजिक (विवाह, ब्रतबन्ध) लगायत भेला जमघट, हुने कार्यहरु सबै बन्द ।