सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना संक्रमण देखिएपछि रत्ननगर अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द


  •    न्युजभित्तो/२९ श्रावण २०७७, बिहीबार २०:३२ 
  • रत्ननगर (चितवन) । रत्ननगर बहुलहर अस्पतालमा कार्यरत डाक्टरमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको अकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरिएको छ ।

    अस्पतालमा कार्यरत एक डाक्टरलाई कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले सो निर्णय गरेको हो ।

    अस्पतालमा निरन्तर काममा खटिने ५० जना स्वास्थ्यकर्मीहरूको बिहीबार स्वाब संकलन गरिएको छ। उहाँले कन्ट्याक्ट ट्रेसिङका क्रममा प्राप्त हुने रिपोर्टका आधारमा सेवा सञ्चालन गरिने अस्पतालले जनाएको छ । संक्रमण पुष्टि भएका चिकित्सकको अवस्था सामान्य छ। उहाँको श्रीमतीलाई पनि कोरोना पोजेटिभ देखिएको थियो। उहाँहरू भरतपुर महानगरपालिका महानगरपालिका वडा नं. ७ स्थित निवासमा होम आइसोलेसनमा हुनुहुन्छ ।

    यसैगरी सौराहामा रहेका बैंक तथा वित्तीय संस्थाहरू बन्द गरिएका छन्। प्रभु बैंक सौराहा शाखाका एक कर्मचारीमा बुधबार संक्रमण पुष्टि भएको थियो। ती कर्मचारीले नवलपरासीमा स्वाब दिएका थिए। उनी तीन दिनअघि सरूवा भएर सौराहा शाखामा आएका थिए।

    सौराहामा झन्डै दुई दर्जन बैंक तथा वित्तीय संस्था छन्। कोरोना संक्रमण देखिएका ती कर्मचारीको कन्ट्याक्ट ट्रेसिङ गरी रिपोर्ट नआउन्जेलसम्मका लागि बैंक तथा वित्तीय संस्था बन्द गरिएको हो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.