सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा बढ्दै कोरोना संक्रमित, आज थपिए १२ जना


  •    न्युजभित्तो/२९ श्रावण २०७७, बिहीबार २०:२७ 
  • चितवन । चितवनमा कोरोना संक्रमित दिन प्रतिदिन बढ्दै गएका छन् । आज बिहीबार चितवनका १२ जनासहित १६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो ।

    भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १२ जना, मकवानपुर, नवलपुर, सर्लाही र तनहुँका एक/एक जना गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो । चितवनमा संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन् । भरतपुर महानगरपालिका वडा नं.२, ४, ७ र १० नम्बरका ८ जना पुरुष र एक जना महिला रहेका छन् । संक्रमित पुरुषहरुमा २० देखि ३५ वर्ष उमेर समूहका रहेका छन् । यस्तै संक्रमण पुष्टि हुने एक महिला २५ वर्षीया हुन् ।

    यस्तै पूर्वीचितवनको राप्ती नगरपालिका वडा नं. ९ की ३७ वर्षीया महिला, रत्ननगर नगरपालिका वडा नं. १३ का ६३ वर्षीय पुरुष, खैरहनी नगरपालिका वडा नं. ८ का २३ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको थियो ।

    यस्तै मकवानपुरका २२ वर्षीया महिला, नवलपुरका २८ वर्षीय पुरुष, सर्लाहीका ४५ वर्षीय पुरुष र तनहुँकी २२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    तनहुँकी महिला पुरानो मेडिकल कलेजमा उपचाररत छिन् भने अन्यको भरतपुर अस्पतालबाट स्वाब संकलन गरिएको हो । यससंगै चितवनमा कुल कोरोना संक्रमितको संख्या १६४ पुगेको छ ।

    कोरोना संक्रमण बढ्दै गएपनि सार्वजनिक स्थलहरुमा मानिसहरुको चहलपहल भने घटेको छैन । स्वास्थ्यका सुरक्षाको मापदण्डहरु पूर्ण रुपमा पालना नगरी मानिसहरुको चहलपहल हुँदा संक्रमण झनै बढ्ने देखिएको छ । विज्ञहरुले अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन र निस्कनै परे पनि माक्सको उचित प्रयोग गरी सामाजिक दूरी कायम गर्दै कार्य गर्न आग्रह गरेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.