चितवनका अस्पतालमा उपचाररत र स्थानीय गरी १९ सहित २१ मा जनामा कोरोना पुष्टि
न्युजभित्तो/२८ श्रावण २०७७, बुधबार ०५:११
चितवन । चितवनका विभिन्न अस्पतालमा उपचाररत बिरामी र स्थानीय गरी १९ र तनहुँका दुई जना गरी २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा चितवनका १६, बाराका १, बैतडीका १, तनहुँका २ र रौतहटका एक जना गरी २१ जनामा कोरोना भारस संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो । ती मध्ये बारा, बैतडी र रौतहटका पनि चितवनका विभिन्न अस्पतालमा उपचाररत बिरामी हुन् ।
बुधबार बिहान २ बजे (राती) प्रकाशित परीक्षणको नतिजा अनुसार चितवन बाहिरका संक्रमित तनहुँ बाहेकका सबै चितवनकै विभिन्न अस्पतालमा उपचाररत छन् । चितवनमा सबैभन्दा बढी भरतपुर महानगरपालिकाका व्यक्तिमा संक्रमण पुष्टि भएको छ ।
भरतपुर महानगरपालिका, भरतपुर अस्पताल, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, पुरानो मेडिकल कलेज, नेशनल सिटी हस्पिटलबाट गरिएको स्वाब परीक्षणमा ७ जना पुरुष र ५ जना महिला गरी १२ जनामा संक्रमण पुष्टि भएको छ ।
उनीहरु भरतपुर वडा नं. १, ३, ४, ८, १० र ११ नम्बर वडाका ६ वर्षीय बालकदेखि ५० वर्ष उमेर समूहका छन् । यस्तै राप्ती नगरपालिका वडा नं. ६ का ३ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु क्वारेन्टिनमा रहेका २२, २८ र ३० वर्ष उमेरका पुरुष रहेका छन् ।
यस्तै इच्छाकामना गाउँपालिकाका एक महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । मौलाकालिका अस्पतालमा उपचाररत इच्छाकामना गाउँपालिका वडा नं. ५ की ७८ वर्षीया वृद्धमा संक्रमण पुष्टि भएको हो ।
यस्तै भरतपुर अस्पतालमा उपचाररत सिमरा–९ बाराका ४५ वर्षीय पुरुष, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार गराइरहेका दिलासैनी–३ बैतडीका ४० वर्षीय पुरुष र कलेज अफ मेडिकल साईसेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरमा उपचार गराइरहेकी रौतहटकी ८ वर्षीया बालिकामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा मंगलबार ३१० नमुना परीक्षण गरिएको थियो । ती मध्ये २१ वटा को पोजेटिभ आएको हो ।