चितवनमा राती ९ बजेदेखि बिहान ५ बजेसम्म हिड्डुल गर्न रोक
न्युजभित्तो/२७ श्रावण २०७७, मंगलवार १९:३४
चितवन । चितवनमा राति ९ बजेदेखि बिहान ५ बजेसम्म पूर्णरुपमा हिडडुलमा रोक लगाइएको छ । विपद् व्यवस्थापन समितिको बैठकले कोरोनाको जोखिम न्यूनीकरणका लागि केहीदिनबाट नै लागू हुने गरी रातिको समयमा आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।
समितिका संयोजक प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अवस्था हेरेर सो निर्णय लागू गरिने जानकारी दिनुभयो । अन्य जिल्लाबाट लुकिछिपि आउने प्रवृति रोक्न र जिल्लाभित्र समेत रातिको समयमा मानिसहरुको आवागमन नियन्त्रण गर्नका लागि बेलुकी ९ बजेपछि विहान ५ बजेसम्म लामो दुरीका सवारी साधन बाहेक जिल्ला भित्र गुड्ने सवारी साधन र मानिसहरुको पैदल आवागमनमा रोक लगाउने प्रजिअ भट्टराइले जानकारी दिनुभयो ।
यस्तै चिया पसलहरुमा वसेर चिया खाने अवस्थालाई निरुत्साहित गर्ने र खाजाघर तथा राजमार्ग क्षेत्रका पसलहरुलाई प्याकेटमा खाना खाजा प्याक गरी प्रदान गरिने टेक अवे सेवा दिन लगाउने निर्णय गरिएको छ । होटलहरुमा बसेर खाना, खाजा खाने अवस्थालाई निरुत्साहन गर्ने, राति ९ बजेपछि विहान ५ बजेसम्म सेवाग्राहीलाई दिने सेवा बन्द गर्न लगाउने निर्णय गरिएको छ ।
यस्तै बैठकले आफ्नो क्षेत्रमा मानिसहरुले मास्क लगाए नलगाएको, सार्वजनिक स्थानहरुमा भौतिक दुरी कायम गरे नगरेको, बैंक तथा वित्तिय संस्था (मनि ट्रान्सफर, वचत सहकारी आदि), चिया पसल, होटल, सार्वजनिक यातायात, व्यापारिक मल, सरकारी कार्यालयहरुमा स्वास्थ्य सम्बन्धी मापदन्ड पालना गरे नगरेको, उद्योग तथा व्यापारिक प्रतिष्ठानहरुमा बाहिरबाट कामदार ल्याए/नल्याएको र कामदारहरुको स्वास्थ्य सुरक्षामा उचित ध्यान दिए नदिएको अनुमगन गर्न स्थानीय तहमा सम्बन्धित वडाका वडा अध्यक्षको संयोजकत्वमा प्रहरीको समेत सहभागिता रहने गरी अनुमगन समिति बनाई अनुगमन गर्ने निर्णय गरेको छ ।