सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनताको नजरमा बदनाम कर्मचारीलाई नगरपालिकामा छिर्न दिन्न : प्रमुख छत्रराज पौडेल


  •    न्युजभित्तो/२५ श्रावण २०७७, आईतवार २२:२३ 
  • गैडाकोट । गैडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जनताको नजरमा बदनाम कर्मचारीहरुलाई नगरपालिका छिर्न नदिने बताउनु भएको छ । आज आईतबार गैडाकोटमा विश्व आदिवासी जनजाती दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख पौडेलले सत्यका लागि पद छाड्न तयार रहेको बताउनु भएको हो ।

    आफूले सधैं गलत प्रवृतीको भण्डाफोर गर्ने बताउँदै उहाँले गलत बृत्तिको पछि लागेर जनतामाथि अन्याय गर्न नसक्ने बताउनुभयो । पार्टी भित्र र बाहिर खिचातानी गरेर काममा अवरोध गर्नेहरुलाई जनताले नै सजायँ दिने बताउँदै उहाँले भन्नुभयो “म किसानको छोरा हुँ, बरु गाई भैसी पालेर बस्छु, तर गलत प्रवृतीको ढाकछोप गरेर बस्न सक्दिन ।” आफूले जनताको काममा बाहेक अन्यत्र ध्यान नदिएको बताउँदै उहाँले भन्नुभयो “म सधैं विधिमा चल्ने मान्छे हुँ, कसैको दवाव र प्रभावमा काम गर्न सक्दिन र गर्दिन पनि ।”

    पौडेलले काम गर्ने कर्मचारीलाई नगरपालिकामा सधैं स्वागत रहेको भन्दै उहाँले राष्ट्रिय रुपमा बदनाम भएका कर्मचारीलाई नगरमा भित्राउन नचाहेको बताउनुभयो । पौडेलले नगरको हितमा काम गर्ने प्रशासकीय अधिकृत ल्याउनुपर्ने अडान राख्दै आउनु भएको छ । तर पार्टीका जिल्ला र केन्द्र तहका केही नेताले आफु अनुकूलका बद्नाम प्रमुख प्रशासकिय अधिकृत गैंडाकोटमा ल्याउन सिफारिस गरेपछि उहाँ आक्रोशित हुँदै आउनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै
    • सुनचाँदीको मूल्य बढ्यो
    • विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड
    • नागपञ्चमीमा ८३ वर्षीया देवकुमारीको नाग दर्शनको धोको पूरा हुँदै
    • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.