सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन प्रहरीलाई युवा संघको माक्स सहयोग


  •    न्युजभित्तो/२३ श्रावण २०७७, शुक्रबार २२:०३ 
  • भरतपुर । राष्ट्रिय युवासंघ चितवनले जिल्ला प्रहरी कार्यालय चितवनलाई पाँच हजार मास्क प्रदान गरेको छ । शुक्रबार जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमको आयोजना गरी मास्क प्रदान गरिएको हो ।

    राष्ट्रिय युवासंघ चितवनका अध्यक्ष मधु न्यौपानेले कोरोना (कोभिड १९) को संक्रमण फैलन नदिनका लागि आम नागरिकलाई वितरण गर्नेगरी प्रहरीलाई मास्क प्रदान गरेको बताउनुभयो ।

    नेकपा चितवनका सचिवालय सदस्य तथा युवा इन्चार्ज प्रकाश ढुङगानाले प्रहरीलाई सांकेतिक रुपमा मास्क प्रदान गरिएको बताउनुभयो । उहाँले नागरिकलाई मास्क नलगाएका कारण कारवाही नभई मास्क दिएर सम्झाउनुपर्ने बताउनुभयो । आफुहरुले प्रदान गरेको मास्क प्रयाप्त नभएपनि यसले समाजमा अरुलाई पनि यो अभियानमा लाग्न प्ररित गर्ने बताउनुभयो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक नान्तिराज गुरुङले राष्ट्रिय युवासंघ चितवनले मास्क सहयोग गरेको भन्दै धन्यबाद दिनुभयो । उहाँले सो मास्क चितवनका पाँच हजार नागरिकलाई वितरण गरिने जानकारी दिनुभयो । कोभिड १९ को जोखिम झन् बढ्दै गएको भन्दै उहाँले सबैको सहयोगमा मात्रै जोखिम न्यूनिकरण गर्न सकिने बताउनुभयो ।

    सो अवसरमा राष्ट्रिय युवासंघका केन्द्रीय सदस्य प्रताप डल्लाकोटी, राष्ट्रिय युवासंघ चितवनका संजिव लामिछाने, दिपक पाठक लगायतको उपस्थिति रहेको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.