सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका दुई सहित ४ जनामा कोरोना संक्रमण पुष्टि, बुधबार कोरोना पुष्टि भएका वृद्धका छोरा र बुहारीमा संक्रमण


  •    न्युजभित्तो/२३ श्रावण २०७७, शुक्रबार २१:४४ 
  • चितवन । चितवनका दुई जनासहित चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । गत बुधबार कोरोना पुष्टि भएका बृद्धका छोरा र बुहारीमा संक्रमण पुष्टि भएको हो ।

    भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिका वडा नं. १ का दुई जना, पर्साको वीरगञ्जका एक जना र सर्लाहीका लालबन्दी–११ का एक जना गरी चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    भरतपुरका कोरोना संक्रमित एक ४६ वर्षीय पुरुष र एक ३८ वर्षीय महिला हुन् । शुक्रबार कुल १३१ नमुनाको परीक्षण गरिएको थियो । बाँकी १२७ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको छ ।

    यस्तै वीरगञ्ज–१० घर भएकी ४२ वर्षीय कोरोना संक्रमित महिलाको भने चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै सर्लाहीका ७९ वर्षीय पुरुषको भने वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा उपचार भइरहेको छ । उनीहरुको हस्पिटलबाटै स्वाब संकलन गरिएको थियो ।

    बुधबार कोरोना परीक्षण गर्दा भरतपुर–१ का ७९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । वृद्धमा कोरोना संक्रमण देखिएपछि बिहीबार उनका ४६ वर्षीय छोरा र ३८ वर्षीय बुहारीको स्वाब संकलन गरिएको थियो । शुक्रबार परीक्षण गर्दा छोरा बुहारीमा पनि संक्रमण पुष्टि भएको हो ।

    उनीहरुको परिवारमा रहेका दुई नाती र एक जना कामदारको पनि अब कोरोना परीक्षण गर्नु पर्ने भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.