सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन काँङ्ग्रेस क्रियाशील सदस्यता अभियानमा


  •    न्युजभित्तो/२२ श्रावण २०७७, बिहीबार १८:२५ 
  • नारायण अधिकारी
    चितवन । कोरोनाको बढ्दो सङ्क्रमण र बाढी पहिराको बाबजुद नेपाली काँग्रेस १४औँ महाधिवेशनको तयारीमा जुटेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सामाजिक दूरी कायम राख्दै गाउँ तहमा क्रियाशील सदस्यता बनाउने अभियानमा नेपाली काँग्रेस जुटेको हो ।

    काँग्रेसले यसअघि रहेको क्रियाशील सदस्य सङ्ख्यामा ५० प्रतिशत सङ्ख्या थप गर्न र नवीकरणका लागि वडा तहमा काम गरिरहेको छ । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वडामध्ये धेरैले पुरानो क्रियाशील सदस्य नवीकरण र थप क्रियाशील सदस्य वितरण सम्पन्न गरी नगर समितिमा पठाइसकेका छन् ।

    यो महिनाभित्रमा वडाले नगर, प्रदेश, क्षेत्र हुँदै जिल्ला समितिमा क्रियाशील सदस्यको सङ्ख्या पठाइसक्नुपर्ने हुन्छ । श्रेष्ठले भन्नुभयो, “कोरोनाको जोखिमका कारण उच्च सावधानी अपनाउँदै वडा तहमा काम भइरहेको छ ।” ठाउँठाउँमा पार्टी प्रवेशको लहर पनि चलेको उहाँले बताउनुभयो । लकडाउन खुलेसँगै यसअघि रोकिएको क्रियाशील सदस्यको काम शुरु भएको हो । यस अवधिमा जिल्लामा ५०० भन्दा बढीले विभिन्न पार्टी परित्याग गरी काँग्रेस प्रवेश गरेको उहाँले जानकारी दिनुभयो ।

    जिल्लामा यसअघि २० हजार ४०० क्रियाशील सदस्य थिए । पुनः १० हजार २०० सदस्य थप हुँदै छन् । कतिपयले नवीकरण नगर्ने हुँदा २८ हजारको हाराहारीमा क्रियाशील सदस्य हुने श्रेष्ठ बताउनुहुन्छ । गएको प्रतिनिधिसभाको निर्वाचनमा काँग्रेसले समानुपातिकमा ९४ हजार मत पाएको थियो । आउँदो पार्टीको निर्वाचनमा तीन निर्वाचन क्षेत्रबाट २५ जनाका दरले ७५ जना महाधिवेशन प्रतिनिधि र ६ प्रदेशबाट १७ जनाका दरले १०२ प्रदेश प्रतिनिधि चयन हुनेछन् ।

    महाधिवेशन प्रतिनिधि भएको व्यक्ति मात्र जिल्लाको सभापतिका लागि उम्मेदवार हुन योग्य हुन्छ । सभापतिका लागि क्रियाशील सदस्य बनेको १० वर्ष पुगेको हुनुपर्छ ।

    नेपाली काँग्रेसको चितवनमा वडाको निर्वाचन पुस ६ गते, नगरको ८ गते, प्रदेशको ११ गते, क्षेत्रको १३ गते र जिल्लाको १६ गतेका लागि तोकिएको छ । माघमा प्रदेशको र फागुन ७ गते केन्द्रीय महाधिवेशन हुँदैछ । जिल्लामा नेतृत्वका लागि जिल्ला नेताले दौडधुप शुरु गरेका छन् । जिल्लाभरबाट क्रियाशील सदस्यले निर्वाचित गरी पठाएका दुई हजार ७०० प्रतिनिधिले जिल्ला अधिवेशनमा भाग लिनेछन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.