सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

लायन्स क्लब अफ नारायणी सेन्ट्ररको नेतृत्व हस्तान्तरण


  •    न्युजभित्तो/१९ श्रावण २०७७, सोमबार १८:३१ 
  • चितवन। लायन्स क्लब अफ नारायणी सेन्ट्रल लायन बर्ष २०२०÷०२१ को लागि नेतृत्व कृष्ण लामालाई हस्तान्तरण गरिएको छ । आईतवार नारायणगढमा एक कार्यक्रमका बीच सेन्ट्रलका संस्थापक अध्यक्ष एवं एमजेफ डासीराम ढकाल लामालाई हस्तान्तरण गर्नुभएको हो ।

    पद हस्तान्तरणपछि बोल्दै लामाले नवलपुर र चितवनका सबै लायन्स सदस्यहरुलाई समेटेर उचाईमा पु(याउने बताउनु भयो । आगामी दिनमा क्लब सामाजिक रुपमा थप क्रियाशील हुंँदै अनुकरणीय काम गर्दै जाने उहांँले बताउनु भयो । “हामी सबै सदस्य कुनै न कुनै पेशा, व्यवसाय आबद्ध छौं, उहांँले भन्नुभयो, समाज रुपान्तरण र विकासको लागि हामीले केही न केही योगदान गर्नुपर्छ ।” कार्यक्रमका प्रमुख अतिथि एवं एमजेफ लायन डासीराम ढकालले यस क्लबमा बढीभन्दा बढी सदस्यहरुलाई समेटेर सामाजिक कार्यमा घनिभूत रुपमा लाग्नुपर्ने बताउनु भयो ।

    क्लबले गरीब विपन्न, पिछडिएका बर्गलाई उत्थान गर्न सदैब तत्पर रहनुपर्ने भन्दै ढकालले यसमा सबैको समन्वय र सहकार्य जरुरी रहेको बताउनु भयो ।

    सो अवसरमा ढकाललाई प्रशंसापत्र र खादा ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा एक्सेटेन्सन चेयर पर्सन एमजेएफ खोमकान्त रेग्मी , सेन्ट्रलका पूर्व अध्यक्ष एवं जिसटी लायन सुजन थापा क्षेत्री , सेन्ट्रलका प्रथम उपाध्यक्ष रामप्रसाद शर्मा, सचिव लालबहादुर भण्डारी र कोषाध्यक्ष समिक तामाङ्ग लगायतको सहभागिता रहेको थियो ।

    कार्यक्रमको संयोजन र सहजीकरण सेन्ट्रलका द्वितीय उपाध्यक्ष अनन्तराज अधिकारीले गर्नुभएको हो । सेन्ट्रलले सामाजिक कामलाई अगाडि बढाउन साउन २२ गते मानवसेवा आश्रममा आश्रितलाई भोजन खुवाउने कार्यक्रमको आयोजना गर्न लागिएको अधिकारीले जानकारी दिनुभयो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    • जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.