सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषिमन्त्री लामाले भन्नुभयो : काम गरे बजेटको अभाव हुँदैन


  •    न्युजभित्तो/१९ श्रावण २०७७, सोमबार १८:१८ 
  • भरतपुर (चितवन) । वाग्मती प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले कृषि क्षेत्रमा काम गर्नेहरुका लागि बजेटको अभाव नहुने बताउनुभएको छ । चितवनको राप्ती नगरपालिका–७ गुणगाउँमा साना किसान कृषि सहकारी संस्था लिमिटेडले निर्माण गरेको थ्रेसिङ फ्लोर ओपन (सेड) को उद्घाटन तथा कृषि सामग्री हस्तान्तरण कार्यक्रममा उहाँले प्रतिफल दिने सहकारी संस्था र किसानलाई सरकारले निरन्तर सहयोग गर्ने बताउनुभयो ।

    उहाँले काम गर्नेले विस्तृत योजनाका साथ मन्त्रालयमा सम्पर्क गर्न अनुरोध गर्नुभयो । उहाँले पछिल्ला तीन वर्षमा कृषि क्षेत्रमा उल्लेख्य काम भएको बताउनुभयो । देशमा उत्पादन बढाउन बीउको संरक्षण गर्नुपर्नेमा उहाँको जोड छ । सहकारीले स्थानीय जातका बीउबिजनको संरक्षण गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने मन्त्री लामाले बताउनुभयो ।

    मन्त्री लामाले चितवनको राप्तीमा दुग्ध उत्पादनका लागि ठूलो उद्योग स्थापनाको तयारी भइरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले यस वर्षदेखि अनुदानका कार्यक्रममा परिवर्तन ल्याएको जानकारी दिनुभयो ।

    कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार जेएन थपलियाले प्रदेश सरकारका कामले परिणाम दिन थालेको बताउनुभयो । उहाँले जनचाहनाअनुरुपका कार्यक्रम ल्याएकाले त्यसलाई कार्यान्वयन गराउन सबैले साथ दिनुपर्ने धारणा राख्नुभयो । कृषि क्षेत्र प्रदेश सरकारको प्राथमिकतामा रहेको उहाँको भनाइ छ ।

    राप्ती नगरपालिकाकी प्रमुख प्रभा बरालले नगरलाई कृषिमा आत्मनिर्भर बनाइएको बताउनुभयो । उहाँले नगरपालिका अन्नको भण्डार रहेकाले अन्य जिल्लामा पनि निर्यात भइरहेको जानकारी दिनुभयो ।

    साना किसान कृषि सहकारी संस्था लिमिटेडलाई थ्रेसिङ फ्लोर ओपन ९सेड० निर्माण र कृषि यन्त्र उपकरण खरिदका लागि प्रदेश सरकारले ५० र राप्ती नगरपालिकाले २० प्रतिशत सहयोग गरेका हुन् । ३० प्रतिशत संस्थाको लागत सहभागिता रहेको छ ।

    सहकारीले थ्रेसिङ फ्लोर ओपन (सेड) सँगै ट्र्याक्टर, गहुँ, मकै र धानको थ्रेसर, टेलर, धान काट्ने रिपर, सुथरी बोरा १० हजार थान र हर्मेटिक ब्याग एक हजार थान अनुदान सहयोगमार्फत खरिद गरेको साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरि पौडेलले जानकारी दिनुभयो । उहाँले सानो पूँजीबाट शुरु भएको सहकारीले सयौँ किसानलाई सेवा प्रदान गरिरहेको बताउनुभयो ।

    कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले सहकारीसँग सहकार्य शुरु भएको भन्दै यसलाई निरन्तरता दिइने बताउनुभयो । कोरोनाको कहरका समयमा पनि काम सम्पन्न गरिएको बताउनुभयो । कार्यक्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिना, नगर उपप्रमुख इमानसिंह लामा लगायतको उपस्थिति रहेको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    अटो चलाएर आत्मनिर्भर बन्दै महिला
    लालझाडीमा ७४८ जनाको निःशुल्क क्षयरोग परीक्षण
    विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
    • सुदूरपश्चिममा नौ महिनामा चौध सय फरार कैदीबन्दी पक्राउ
    • बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
    • सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरुः सेवाग्राहीको चाप बढ्यो
    • खाद्यान्नमा आत्मनिर्भर बन्न ‘एक वडा, एक उत्पादन’

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.