भेला, बैठक जस्ता कार्यक्रम नगर्न चितवन प्रशासनको निर्देशन, उल्लंघन गरे कारबाही गरिने
न्युजभित्तो/१९ श्रावण २०७७, सोमबार १८:१०
चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्लामा कुनै पनि भेला र बैठक नगर्न सूचना जारी गरेको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै साधारणसभा, अभिभावक भेला, बैठक, गोष्ठी जस्ता कुनै पनि कार्यक्रम नगर्न निर्देशन दिएको हो ।
जिल्लामा केही सहकारीले साधारण सभा, विद्यालयले अभिभावक भेला र अन्य संघसंस्थाहरुले बैठक भेला गरेको सूचना प्राप्त भएको भन्दै प्रशासनले कोरोनाको जोखिम यस्ता कार्यक्रममा उच्च हुने हुँदा कुनै पनि भेला र बैठक नगर्न निर्देशन दिएको छ । निर्देशनलाई अवज्ञा गरी त्यस्ता कार्य गरेको पाइएमा संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गरिने चेतावनी पनि सूचनामा दिएको छ ।
प्रशासनले सूचनाको बोधार्थ चितवनका सात वटै स्थानीय तह, जिल्ला सहकारी संघ, शिक्षा विकास तथा समन्वय इकाइ र विभिन्न संघसंस्थालाई पठाएर आवश्यक समन्वय र सहयोग गरिदिन अनुरोध गरेको छ ।