सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजकुमार चेपाङको शव परिवारले बुझ्यो, आज अन्त्येष्टि गरिंदै


  •    न्युजभित्तो/१८ श्रावण २०७७, आईतवार ०८:०६ 
  • चितवन । जिल्लाको राप्ती नगरपालिका वडा नं. २ का २४ वर्षीय राजकुमार चेपाङ शव परिवारले बुझेको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सर्वपक्षीय बैठकले पीडितको माग सम्बोधन गर्ने निर्णय गरेपछि परिवारले शनिबार शव बुझेको हो । त्रिवि शिक्षण अस्पताल काठमाडौंमा रहेको शव परिवारले चितवन ल्याएको छ । राजकुमारको शवको पोष्टमार्टम त्रिवि शिक्षण अस्पतालमा गरिएको थियो । आईतबार शवको अन्त्येष्टि गरिने जनाईएको छ ।

    शुक्रबार बसेको सर्वपक्षीय बैठकले राजकुमार चेपाङलाई कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याई आवश्यक कारवाही गर्ने निर्णय गरेको थियो । बैठकले मृतक राजकुमारकी छोरीलाई भरणपोषण र छात्रवित्ती रकम नियमितरूपमा उपलब्ध गराउने, मृतक राजकुमारको घर निर्माणमा आवश्यक बनपैदावर, कच्चापदार्थ र श्रम समेत निःशुल्क उपलब्ध गराउने, मृतक राजकुमारको परिवारलाई राहतस्वरूप रु १० लाख रकम उपलब्ध गराउन, मृतक राजकुमार चेपाङको शव परिवारले बुझि अन्त्यष्टी गर्ने निर्णय भएको नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    शुक्रबार मात्रै नेपाल चेपाङ संघले पनि पत्रकार सम्मेलन गरी दोषीलाई कारवाही, पीडित परिवारलाई क्षतिपुर्ति र अन्य घाइतेलाई निःशुल्क उपचारलगायतको माग गरेको थियो ।

    गत साउन १ गते राप्ती नदीमा घोङी टिप्न गएका राजकुमारसहित पाँच जनालाई निकुञ्ज सुरक्षार्थ एक सैनिक जवानले कुटपिट गरेको आरोप लागेको छ ।
    कुटपिटबाट घाइते भएका राजकुमारको अवस्था जटिल बन्दै गएपछि साउन ७ गते थप उपचारका लागि भरतपुर अस्पताल ल्याईएको थियो । उनको उपचारकै क्रममा सोही राती मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.