सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्रोफेसनल मिडिया ग्रुपले शुरु ग-यो आफ्नै भवन निर्माणको काम, पाँच वटा मिडिया एउटै छानामुनि रहने


  •    न्युजभित्तो/१५ श्रावण २०७७, बिहीबार २०:४७ 
  • भरतपुर । प्रोफेसनल मिडिया ग्रुपले आफ्नो पाँच वटा मिडियालाई एउटा छानामुनि राख्ने गरी भवन निर्माणको काम शुरु गरेको छ । गलेश्वर आश्रम देवघाटधामका पिठाधिस महामण्डलेश्वर १ हजार ८ स्वामी आत्मानन्द गिरीजी महाराजले बिहीबार भवनको शिलान्यास गर्नुभएको हो ।

    सो अवसरमा प्रमुख अतिथि महाराजले पत्रकारहरुले समस्या उठाउने मात्रै नभई समाधानको उपाय पनि दिनु पर्ने बताउनुभयो । पत्रकारहरु समाजका बौद्धिक वर्ग भएको भन्दै उहाँले समाजले पत्रकारबाट ठूलो अपेक्षा राखेको बताउनुभयो । उहाँले सूचना, समाचार, संगीत र मनोरञ्जनको क्षेत्रमा ग्रुप अग्रणी बन्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा व्यवसायिक क्षेत्रबाट पनि मिडियालाई सहयोग गर्न उहाँले आग्रह गर्नुभयो । मिडिया पक्ष विपक्षमा भन्दा पनि सधैं सत्यको पक्षमा लाग्न उहाँले सुझाव दिनुभयो ।

    कार्यक्रममा बोल्दै संविधानसभा सदस्य रामकृष्ण घिमिरेले ग्रुप व्यवसायीक बन्ने मा आफू विश्वस्त रहेको बताउनुभयो । एउटै भवनबाट सेवा प्रवाह हुँदा व्यवसायिक सफलतामा पनि सहयोग मिल्ने उहाँको भनाई थियो ।

    बागमती प्रदेशका सांसद बिजय सुवेदीले प्रोफेसनल मिडिया ग्रुपको भविष्य उज्वल बनोस् भन्ने कामना गर्दै सफलताको शुभकामना दिनुभयो । ग्रुप आफ्नो यात्रामा अघि बढ्दै गर्दा आवश्यक पर्ने हरेक सहयोग गर्न आफु तयार रहेको सांसद सुवेदीको भनाइ थियो । सुवेदीले सत्य, तथ्य र निश्पक्ष खबर पस्किँदै व्यवसायीक ढंगले अघि बढ्न सुझाब दिनुभयो ।

    नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले जनतालाई सुसूचित गराउने काममा ग्रुप निर्भिक ढंगले अघि बढ्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउन मिडियाको भूमिका महत्वपूर्ण हुने भन्दै सभापति श्रेष्ठले कसैको दवाब, धम्की र प्रभावमा नपरी काम गर्न हौसला दिनुभयो ।

    सो अवसरमा बोल्दै भरतपुर महानगरपालिकाका उप–प्रमुख पार्वती शाह ठकुरीले ग्रुपलाई महानगरको तर्फबाट आवश्यक सहयोग रहने बताउनुभयो ।

    ग्रुपका सल्लाहकार एवं नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष कोरोनाका कारण मिडिया असहज अवस्थामा रहे पनि यस ग्रुपले आफ्नै भवन बनाउने साहस गरेकोमा प्रशंसा गर्नुभयो । उहाँले असहज परिस्थितिमा राज्यले मिडियालाई प्याकेजमा राहत दिनुपर्ने बताउँदै तर त्यसका लागि राज्य तयार नरहेको बताउनुभयो ।
    कार्यक्रममा पूर्व सांसद जगन्नाथ पौडेल, भरतपुर ५ का वडाध्यक्ष पदमपाणी सुवेदी, ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्ले, कांग्रेसका नेता भक्ति तिमिल्सिना लगायतको उपस्थिती थियो ।

    भवन शिलान्यासका क्रममा ग्रुपका अध्यक्ष नबिनराज पौडेल र उपस्थित सम्पूर्ण अतिथिले साथ दिनुभएको थियो । भरतपुर–रामपुर सडकखण्डमा पर्ने भरतपुर ४ सृष्टि चोक, ओमशान्ति भवनसंगैको जग्गामा ग्रुपको भवन निर्माण हुन लागेको हो ।

    सो अवसरमा महामण्डलेश्वर गुरुसँगै ग्रुपका अध्यक्ष पौडेलका पिता र माता भूमि पूजन गर्नुभएको थियो । निर्माण सम्पन्न भएपछि ग्रुप अन्तर्गतका रेडियो भरतपुर, भरतपुरपोष्ट, भरतपुर टेलिभिजन, सार्थक बिज्ञापन सेवा र बेदान्त मल्टिपरपोज कम्म्पनी एउटै भवनमा रहने छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.