चितवन । चितवनको कुरिनटारमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका वडा नंं ४ स्थित कुरिनटारमा बिहीबार बिहान पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार वबहान ८ः५५ बजेको समयमा अविरल वर्षाका कारण कुरिनाटरमा पहिरो खसेको हो । जसका कारण बाटो पूर्णरुपमा अवरुद्ध बनेको छ ।
पानी परिरहेकोले पहिरो हटाउन समय लाग्ने प्रवक्ता थापाले जानकारी दिनुभयो । पहिरोको कारण सवारी साधनहरु बाटोमै रोकिएका छन् । काठमाडौं जाने र उताबाट फर्किने सवारी साधन जाममा परेका छन् ।