सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम विषयमा पत्रकारलाई तालिम


  •    न्युजभित्तो/१५ श्रावण २०७७, बिहीबार ११:४७ 
  • चितवन । जिल्लाका युवा पत्रकारका लागि भ्रामक तथा गलत सूचनाको पहिचान तथा रोकथाम विषयको तीन दिने क्षमता अभिवृद्धि तालिम शुरु भएको छ । मिडिया एक्सन नेपाल र नेपालस्थित अमेरिकी दूतावासको सहकार्यमा अनलाइनबाट भएको तालिममा जिल्लाका विभिन्न मिडियामा कार्यरत १६ पत्रकारको सहभागिता रहेको छ ।

    तालिमको उद्घाटन सत्रमा नेपालस्थित अमेरिकी दाजदूतावासका पब्लिक अफेयर्स अफिसर कर्टिस एम चानले प्रविधिको विकाससँगै अहिले अमेरिका र नेपाल सबैतिर गलत र भ्रामक सूचना फैलने खतरा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कहिलेकाहीँ ‘ब्रेकिङ’ समाचार दिने नाममा महत्वपूर्ण सूचना छुट्ने सम्भावना पनि रहन्छ । पत्रकारिता महत्वपूर्ण पेशा पनि भएकाले पेशालाई अझ जिम्मेवार बनाउन भ्रामक सूचनाको रोकथामसम्बन्धी तालिम महत्वपूर्ण हुन्छ ।”

    कार्यक्रममा मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्तले चितवनलगायत कतिपय जिल्लाका मिडियाबारे भ्रामक सूचनाको प्रसारणबारे गरिएको अध्ययनमा आधारित भएर तालिम सञ्चालन गरिने बताउनुभयो । यो तालिम पत्रकारको क्षमता अभिवृद्धि गर्दै मिडियालाई जिम्मेवार बनाउनमा केन्द्रित हुने उहाँको भनाइ थियो ।

    त्यसैगरी कार्यक्रममा अमेरिकी राजदूतावासकी सूचनाविज्ञ प्रेरणा मरासिनीले पत्रकारिता स्वतन्त्र र स्वच्छ हुनुपर्छ भन्ने कुरामा आफूहरुले विश्वास गर्ने बताउनुभयो । प्रतिस्पर्धाले गर्दा पनि गलत सूचना प्रसारित हुनसक्छ त्यसैले तथ्यको परीक्षण गर्ने सीप सिकाउन तालिम सहयोगी हुने उहाँको विश्वास थियो ।

    तालिममा मिडिया एक्सनका अध्यक्ष पन्त र बङ्गलादेशको ढाका विश्वविद्यालयका प्राध्यापक डा मोफिजुर रहमानले भ्रामक समाचारको पहिचान र जनअभिरुचि, नेपाल फ्याक्ट चेकका सम्पादक उमेश श्रेष्ठ र मिडिया एक्सनका अध्यक्ष पन्तले भ्रामक र गलत समाचारबारे प्रशिक्षण दिँदै हुनुहुन्छ ।

    त्यसैगरी फोटो पत्रकार चन्द्रशेखर कार्की र अन्नपूर्ण एक्सप्रेसका राजनीतिक सम्पादक कमलदेव भट्टराईले प्रशिक्षण दिने कार्यक्रम रहेको छ । मिडिया एक्सनका प्रियङ्का झाले सहजीकरण गर्नुभएको तालिम बुधबारबाट शुरु भई शुक्रबारसम्म सञ्चालनमा आउने तालिमको संयोजन मिडिया एक्सनका वाग्मती प्रदेश संयोजक मधुसुदन दवाडीले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.