सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा नेकपाका युवा नेता ढुङ्गाना निर्वाचित


  •    न्युजभित्तो/१४ श्रावण २०७७, बुधबार २०:२० 
  • चितवन । चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको अध्यक्षमा प्रकाश ढुङ्गाना निर्वाचित हुनुभएको छ । बुधबार कसरामा भएको निर्वाचनबाट उहाँ अध्यक्ष निर्वाचित हुनुभएको हो । युवा नेता ढुङ्गाना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनका सचिवालय सदस्य समेत हुनुहुन्छ ।

    व्यवस्थापन समितिमा चितवन, नवलपरासी, मकवानपुर र पर्सा जिल्लाका २२ वटा उपभोक्ता समिति आबद्ध छन् । सबै उपभोक्ता समितिका अध्यक्ष सोतह व्यवस्थापन समितिमा पदेन सदस्य रहने व्यवस्था रहेको छ । २२ उपभोक्ता समितिका अध्यक्षले मतदान गरेर व्यवस्थापन समितिको अध्यक्ष चुन्ने व्यवस्था छ । ढुङ्गाना भरण्डारभार उपभोक्ता समितिबाट प्रतिनिधि बन्नुभएको थियो । तीन प्रदेश, चार जिल्ला र १२ पालिकाको ७ सय २९ बर्गकिलोमिटर क्षेत्र चितवन निकुञ्जको मध्यवर्तीमा पर्छ ।

    अध्यक्षमा निर्वाचित ढुङ्गानाले मानव वन्यजन्तुको बीचको द्वन्द्व न्यूनिकरणमा प्राथमिकताका साथ काम गर्ने बताउनुभयो । उहाँले मध्यवर्तीका नागरिकको समस्या समाधानमा आफूले काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो “निकुञ्ज र मध्यवर्ती क्षेत्रको संरक्षण गर्दै मध्यवर्तीका वासिन्दाको अधिकतम हितमा हुने गरेको कार्य गर्ने छु ।” निकुञ्ज ऐन समय सापेक्ष परिवर्तन गरी द्वन्द्व न्यूनिकरण गर्नुपर्नेमा उहाँको जोड थियो ।

    मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले संरक्षण, सामुदायीक विकास, आयआर्जन र संरक्षण शिक्षामा लगायतका काम गर्दछ । निकुञ्जको आम्दानीको पचास प्रतिशत मध्यवर्ती क्षेत्र व्यवस्थापनमा खर्च गर्ने प्रावधान रहेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.