सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चेपाङमाथि ज्यादतीको आरोपमा वनमन्त्रीको राजीनामा माग्दै भण्डारामा प्रदर्शन


  •    न्युजभित्तो/१२ श्रावण २०७७, सोमबार १९:५७ 
  • भरतपुर । निकुञ्जले चेपाङ समुदायमा ज्याजति गरेको भन्दै भरतपुरमा वनमन्त्री शक्ति बस्नेतको राजीनामा माग्दै प्रदर्शन भएको छ । हाम्रो नेपाल, हामी नेपाली संस्था र चेपाङ समुदायले सोमबार पूर्वपश्चिम राजमार्गको भण्डारा चोकमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा युवाहरुले राप्ती नगरपालिकामा सेनाको कुटाइबाट मृत्यु भएका राजकुमार चेपाङको हत्यारालाई कारबाही गर भन्दै वन मन्त्री बस्नेतको राजीनामा माग गरेका थिए । सो क्रममा आधाघण्टा चक्काजाम गरिएको थियो । उनीहरुरुले वनमन्त्रीले दिएको अभिव्यक्तिको समेत चर्को विरोध गरेका छन् ।

    गत साउन १ गते राप्ती नदी आसपास क्षेत्रमा घोँगी टिप्न गएका राजकुमारलाई चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका सेनाले नियन्त्रणमा लिएर कुटपिट गरी छाडेको र त्यसको केही दिनमै मृत्यु भएको दाबी परिवारले गर्दै आएका छन् । चितवनको राप्ती नगरपालिका–२ का घर भएका राजकुमारको साउन ८ गते उपचारका लागि भरतपुर अस्पताल ल्याउँदा नै मृत्यु भएको थियो ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.