सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रत्ननगर मेलमिलाप केन्द्रको अध्यक्षमा लक्ष्मी कुमारी चयन


  •    न्युजभित्तो/११ श्रावण २०७७, आईतवार २१:३८ 
  • रत्ननगर (चितवन) । रत्ननगर मेलमिलाप केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले लक्ष्मी कुमारी चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । केन्द्रको आठौं साधारण सभा तथा चौथो अधिवेशनले चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

    केन्द्रको उपाध्यक्षमा हरिबहादुर खड्का, सचिवमा रिता थापा चौधरी, सहसचिवमा विजय खनाल र कोषाध्यक्षमा रामचन्द्र दुवाडी चयन हुनु भएको छ । त्यसैगरी कार्यसमिति सदस्यमा रामशरण कुँवर, संगीता खनाल, विमला विक, कृष्ण अधिकारी, ज्वाला पुरी वन, रविता महतो, हरिभक्त घिमिर, माला दाहाल, सुजता विष्ट पाण्डे, भूपेन्द्र अधिकारी, सपना बोहोरा, यज्ञ धमला, मीना बुढाथोकी, पार्वती घिमिरे, विष्णु भण्डारी कट्टेल र निर्वतमान अध्यक्षमा पार्वती न्यौपाने रहनु भएको छ ।

    निर्वाचन समितिका संयोजक तथा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बद्रिनारायण शर्माले पदाधिकारी सहित कार्यसमितिको नाम घोषणा गर्नुभएको थियो । घोषणा कार्यक्रमका प्रमुख अतिथि रत्ननगर नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक विमला दुवाडीले सहमतिकै आधारमा समिति गठन गरिएको भन्दै खुसी व्यक्त गर्नुभयो । उहाँले अबको मेलमिलाप केन्द्रले विवाद सामाधानमा विश्वासको वातावरण सृजना गर्नेमा विश्वास व्यक्त गर्नुभयो ।

    नवनिर्वाचित अध्यक्ष चौधरीले विगतको अनुभव र अग्रजहरुको सुझावका आधारमा विवाद सामधानलाई प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्ति गर्नुभयो ।

    साधारण सभा तथा अधिवेशनको अवसर पारेर केन्द्रले संस्थापक अध्यक्ष कमल भुषाल र न्याय सम्पादनमा सहयोग गर्ने परशुराम घिमिरेलाई सम्मान गरिएको निर्वतन अध्यक्ष पार्वती न्यौपानेले जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा निर्वतमान अध्यक्ष न्यौपानेले मेलमिलाप केन्द्रले विवाद सामधानको लागि गरेका काम र प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

    नगरपालिका भित्र हुने विभिन्न किसिमका विवाद मेलमिलापबाट सामाधान गर्दै आएको सो केन्द्र बि.सं. २०६० सालमा स्थापना भएको हो । नगरस्तरमा केन्द्र र १६ वटा वडामा वडा स्तरीय मेलमिलाप समिति रहेका छन् ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.