सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हटेन नारायणगढ–मुग्लिन सडकको दुःख


  •    न्युजभित्तो/७ श्रावण २०७७, बुधबार २२:११ 
  • कृष्ण आचार्य

    भरतपुर । राजधानी काठमाडाँै, पोखरालगायतका मुख्य शहरलाई तराईसँग जोड्ने मुख्य मार्ग नारायणगढ– मुग्लिन सडक खण्डको दुःख अझै हटेको छैन । विगतमा साघुरो सडक र पहिरोले दुःख दिएको उक्त सडकखण्ड विस्तार गरे पनि पहिरोको दुःख अझै हटेको छैन ।

    उक्त सडकको समस्या हटाउन सरकारले सडक विस्तार गर्ने ग¥यो । सडक विस्तारसँग पहिरो नियन्त्रणका काम पनि भए । तर पनि पहिरो जाने र घण्टौंँ समस्या उत्पन्न हुने समस्या ज्यूँका त्यूँ छ ।

    सन् २०१५ बाट सडक विस्तार गरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको दुई लेन सडक बनाइएको छ । दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । सडक विस्तारको काम सकिए पनि पहाड काटिएको ठाउँमा पहिरो जाने गरेको छ ।

    सडक विस्तासँगै विभिन्न चरणमा गरेर पहिरो नियन्त्रणका काम पनि भएका छन् । नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इञ्जिनीयर शिव खनाल पहिरो नियन्त्रणको काम गरिए पनि भौगोलिक बनावटका कारणले पहिरोको समस्या समाधान हुन नसकेको बताउनुहुन्छ ।

    उहाँका अनुसार सडकबाट भौगोलिक अवस्था नहेरी शाखा सडक विस्तार गर्दा पनि पहिरोको समस्या हुने गरेको छ । उहाँले भन्नुभयो’ “उक्त सडक खण्डमा धेरै खोल्साखोल्सी छन् । सडकको माथिल्लो भागमा वर्षासँग पानी आउँछ । कमजोर भौगोलिक अवस्थामा पानीको मात्रा बढी हुँदा पहिरोको समस्या हुने गरेको छ । जलवीरेदेखि मुग्लिनसम्मको भागमा पहिरोको बढी जोखिम रहेको छ ।”

    सडक आयोजनाले उक्त सडक खण्डको ३१ ठाउँमा पहिरो रोक्ने काम गरेको छ । सडकखण्डको १५ किलो, १८ किलो, घुमाउने, भालुढुङ्गा, जलवीरे, टोपेखोला र कालिखोला नजिक पहिरो रोकथामको काम भइरहेको खनालले बताउनुभयो । नयाँ प्रविधिको उच्चतम प्रयोग गरेर ‘रकनेटिङ’, ‘बोल्टिङ’ र ‘बायो इञ्जिनियरिङ’ प्रविधिबाट पहिरो रोकथामको काम भएको उहाँले बताउनुभयो ।

    रु १४ करोड नौ लाखको लागतमा पहिरो रोक्ने कामको जिम्मा बज्रगुरु हिमशिखर र न्यूटेक्निकल जेभिले पाएको हो । अहिले पहिरो गइरहेको चार किलो क्षेत्रमा भने पहिरो रोक्ने काम हुनसकेको छैन । लगातारको वर्षाका कारण काम हुन नसकेको खनालको भनाइ छ । सो क्षेत्रमा वर्षापछि काम हुने गरी पहिरो रोक्ने काम स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

    विगतमा पहिरो गइरहेको ठाउँमा रोकथामको काम भएपछि पहिलो समय पहिरो जाने क्रम रोकिएको खनालले बताउनुभयो । भूगर्भविद् शिवकुमार बाँस्कोटाले सडक विस्तारका क्रममा धेरै पुराना पहिरो चलाएका कारण अहिले पनि पहिरो खसिरहेको बताउनुभयो । उहाँले भन्नुभयो’, “धेरै वर्षअघिदेखि माटो बसेको ठाउँमा निकै भिरालो हुनेगरी पहाड काटिएको छ, पहिरो नगएको ठाँउमा पनि चलाइएको छ, वर्षायाममा पुरानो पहिरोमा पानी छिरेर बग्ने गरेको छ ।” यति धेरै पहिरो पहिले नखस्ने गरेको भन्दै उहाँले विस्तारपछि नै बढी पहिरो खसिरहेको बताउनुभयो ।

    धरै माथिबाट खसेका पुरानो पहिरो चिन्न नसक्दा पनि समस्या भएको बाँस्कोटाको भनाइ छ । उहाँले अध्ययन नगरी शाखा सडक निर्माण गर्दा थुनिएको लेदो बर्खाको समयमा विस्फोट भएको बताउनुभयो ।

    बाँस्कोटाले सडक विस्तार गर्दै काटेको स्लोपको काम तुरुन्त गरेको भए समस्या कम हुने बताउनुभयो । उहाँले जुन ठाउँमा पहिरो गएको छ त्यो ठाउँको विस्तृत अध्ययन गर्दै नयाँ वैकल्पिक सडकबारे पनि ध्यान दिनुपर्ने धारणा राख्नुभयो ।

    ईच्छाकामना उद्योग वाणिज्य सङ्घका अध्यक्ष कल्याण गुभाजुले सडक विस्तार सम्पन्न भएपछि समस्या हट्ने अपेक्षा गरिएको भए पनि समस्या हट्न नसकेको बताउनुभयो । उहाँले यात्रुसँगै मुग्लिनवासीले समेत समस्या झेल्नु परेको गुनासो गर्नुभयो । समस्याको दीर्घकालीन समाधान खोजी गरी कार्यान्वयन गर्नुपर्नेमा उहाँको जोड थियो ।

    कोरोनाको डरकाबीच पहिरोले अलपत्र परेका यात्रुलाई खाना खुवाउनुपर्ने बाध्यता रहेको भन्दै उहाँले भन्नुभयो’ “खाना नदिउँ मानवताको विषय छ, दिउँ भिड जम्मा गरेर खाना खान दिँदा कोरोनाको डर छ ।” मुग्लिनबाट चार किलोमिटर पश्चिम नारायणगढतर्फ कालीखोलामा असार ३ गते पनि पहिरो खसेको थियो । त्यो बेला पहिरो हटाएर दुईतर्फी गाडी चलाउन ६३ घण्टा लागेको थियो ।

    सोमबार बिहानदेखि गएको पहिरो ३६ घण्टापछि मङ्गलबार अपरान्हबाट एकतर्फी सञ्चालनमा आएको सडक फेरि रातिदेखि चट्टानसहितको पहिरोले अवरुद्ध छ । सडकखण्ड अन्तर्गत ठाउँठाउँमा साना पहिरो खसेका छन् । सामान्य अवस्थामा यो सडक हुँदै दैनिक १० हजार सवारी गुड्छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ
    इच्छाकामना गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतमाथि तामाङद्वारा कार्यकक्षमै कुटपिट, दोषीलाई कडा कारवाहीको माग
    बाँकेमा रोपाइँ गर्न आकाशे पानीकोभर
    • अन्तर्वार्ता: सन्तुलित कूटनीतिको आवश्यकता झनै बढेको छ: परराष्ट्रमन्त्री खनाल
    • पर्वतको फलेवास क्षेत्रमा सिसीटिभी क्यामेरा विस्तार
    • हुम्लामा सहुलियतको चामल बिक्री सुरु
    • आलेख: आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.