सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढी पहिरोमा परी चितवनमा एक जना बेपत्ता, तीनघर बगायो, भरतपुरका दर्जनौ घर डुवानमा


  •    न्युजभित्तो/५ श्रावण २०७७, सोमबार १९:४८ 
  • चितवन । बाढी पहिरोमा परी चितवन जिल्लामा एक जना बेत्ता भएका छन् भने तीन घर बगाएको र दर्जनौ घर डुवानमा परेका छन् । बाढी पहिरोले सोमबार ठाउँठाउँमा पहिरो जाँदा पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्ड अवरुद्ध भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नं. ११ का अन्दाजी ३०/३१ वर्षिय राजु बोटेलाई राप्ती नदीमा माछा मार्ने क्रममा बाढीले बगाएर बेपत्ता बनाएको हो । उनलाई आज सोमबार साँझ ६ः१० बजेको समयमा नदीले बगाएपछि खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

    ईच्छाकामना गाउँपालिकाको फिस्लिङमा त्रिशुली नदीले तीन घर बगाएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईका अनुसार त्यहाँ कुनै मानवीय क्षति भने भएको छैन ।

    यस्तै नारायणी नदी बढेसँगै भरतपुर महानगरपालिका वडा नं. १६ र २६ मा डुवान भएको छ । वडा नं. २६ का ३० घरका र १६ का १४ घरका वासिन्दालाई स्थानान्तरण गरिएको छ । नदीको वहाव बढ्दै गएकाले नदी किनारका वासिन्दालाई सतर्क रहन प्रशासनले आव्हान गरेको छ । नारायणी नदीको सतह खतराको सूचीभन्दा माथि रहेको छ । वर्षा भईरहेकोले नारायणी अझै बढ्न सक्ने देखिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.