चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले शनिबार माडी नगरपालिका वडा नं. ९ कुसुमखोलामा भएको सुकुम्बासीका घरटहरा भत्काउने कार्यको निन्दा गरेको छ । सुकम्बासी चेपाङ समुदायका घरहरुमा चितवन राष्ट्रिय निकुञ्जले आगजनी गर्नुका साथै हात्ती लगाएर घर भत्काएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको नेकपाले जनाएको छ ।
उक्त बस्तीलाई उचित स्थानान्तरण र आवास निर्माणको काम माडी नगरपालिकाले गरिराखेको बेला उक्त योजनामा समेत अवरोध पु¥याउने गरी सो काम भएको सोमबार एक विज्ञप्ति प्रकाशित गरी उल्लेख गरिएको छ । विज्ञप्तिमा दाङबहादुर प्रजा र दीपबहादुर चेपाङको घरमा आगजनी र अन्य आठवटा घरहरुमा हात्ती लगाई भत्काइएको घटनाको पार्टी घोर निन्दा र भ्रत्र्सना गर्दछ भनिएको छ ।
विज्ञप्तिमा वर्षातको समयमा न्यूनतम मानवीयता समेत नराखी स्थानीय सरकार र राजनीतिक दलहरुसँगको परामर्श र समन्वय नगरी चितवन राष्ट्रिय निकुञ्जले गरेको यस प्रकारको जनविरोधी कार्य गरेको उल्लेख छ । विज्ञप्तिमा सुकुमबासीका दीर्घकालिन समस्या समाधानका लागि राज्यको ध्यानाकर्षण गराउँदै दोषी उपर कडा कारबाही र घरबार बिहीन जनताको पुनर्वासका लागि जोडदार माग पनि गरिएको छ ।
नेकपाले अविरल वर्षाका कारणले बाढी पहिरोजस्ता विपतहरु आउन सक्ने र धनजनको क्षति हुने सम्भावना भइरहेको हुँदा विपतका पूर्वतयारी, राहत र पुनस्र्थापनाका लागि तम्तयार रहन सम्पूर्ण कार्यकर्तापंक्ति र आम जनसमुदायलाई अनुरोध गरेको छ ।
यसैबीच उक्त घटनाको जिल्ला समन्वय समिति चितवनले पनि भत्र्सना गरेको छ । समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले सोमबार एक विज्ञप्ति जारी गरी निकुञ्ज प्रशासनबाट चेपाङ समुदाय लक्षित निकृष्ट र अमानवीय कार्य भएको भन्दै आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।