सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जनचेतना फैलाउँदै रोटरी क्लबले बाढ्यो माक्स


  •    न्युजभित्तो/४ श्रावण २०७७, आईतवार २१:४१ 
  • नारायणगय । जिल्लामा कोरोना भाईरस (कोभिड –१९) संक्रमण बढ्दै जाँदा सर्वसाधारणको वेवास्था गरेपछि जनचेतना फैलाउने र माक्स वितरण गरिएको छ । रोटरी क्लव अफ नारायणी मिट टाउन र रोट-याक्ट क्लब अफ नारायणी मिट टाउनको संयुक्त आयोजनामा नारायणगढको लाईन्सचोकमा जनचेतना फैलाउनुको साथै मास्क बितरण गरिएको हो ।

    कोरोना भाईरसले महामारीको रुप लिएर फैलिरहेको अवस्थामा मानिसहरुले मास्क नलगाई हेलचक्रयाई गरेर हिडेको देखेपछि जनचेतनाको लागि मास्क बितरण गरिएको क्लबले जनाएको छ । जिल्ला ट्राफिक कार्यलय र जिल्ला प्रहरी कार्यलयको समन्वयमा कार्यक्रम गरिएको हो ।

    आज आईतबार भएको कार्यक्रमको संयोजकमा रोटरीयन हिरालाल सापकोटा र प्रकाश पौडेल रहनुभएको थियो । कार्यक्रममा उपस्थित रोटरिएन र रोट¥याक्टहरुले मास्क नलगाई हिड्डुल गरेका र सवारी साधन चलाएकाहरुलाई रोकेर मास्क वितरण गर्नुका साथै रोकबाट बच्ने उपायका बारेमा जानकारी गराएका थिए ।

    कार्यक्रममा रोयल पेन्ट्सका प्रमुख प्रमेश्वर भण्डारीले ७५० थान एन ९५ मास्क सहयोग गर्नुभएको थियो । कार्यक्रममा रोटरी क्लव अफ नारायणी मिट टाउनका अध्यक्ष यामनाथ दनै , रोट-याक्ट क्लब अफ नारायणी मिट टाउनका अध्यक्ष तेज बहादुर रानाभाट लगायत सम्पूर्ण रोटरीयनहरु र रोट्याक्टहरुको उपस्थिति रहेको थियो । मास्क वितरण कार्यक्रम साउन ५ गते बिहान ७ बजे हाकिमचोकमा हुने जनाईएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.