सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपुरको रतनपुरमा नारायणीको कटान तीव्र


  •    न्युजभित्तो/४ श्रावण २०७७, आईतवार १३:४१ 
  • कावासोती । नवलपुरको मध्यविन्दु–३, रतनपुरस्थित नारायणी नदीले तीव्र कटान गरेपछि नियन्त्रणको काम थालिएको छ । नदीको कटानले यस क्षेत्रका बस्ती डुबानको जोखिममा समेत परेको जनाइएको छ ।

    केही दिनयता रतनपुरमा नदीको कटान तीव्र बनेको छ । कटानका कारण रतपुरसँगै, नन्दपुर, सेहरी, सीतापुर, भिउरान, तमासपुर, वरुवा, भडारालगायत गाउ“ डुबानको जोखिममा परेका छन् । कटान तीव्र बनेपछि सङ्घबाट रु ३० लाख, प्रेदशबाट २० लाख र मध्यविन्दु नगरपालिकाबाट १५ लाख गरी जम्मा रु ६५ लाख विनियोजन गरी नियन्त्रणको काम थालिएको नारायणी नदी नियन्त्रण समितिका अध्यक्ष शिव न्यौपानेले बताउनुभयो ।

    विनियोजित रकमले तत्कालको कटान नियन्त्रणका लागि काम थालिएको उहाँले जानकारी दिनुभयो । यस क्षेत्रमा ठूला ढु¨ाहरु राख्ने काम भइरहेको छ । जाली बनाएर ‘स्पर’हरु बनाउन हाल असम्भव भएकाले ढु¨ाहरु नदी किनारको कटान क्षेत्रमा थुपारेर कटान रोक्ने पहल गरिएको उहाँले जानकारी दिनुभयो बताउनुभयो । कटान क्षेत्रको निरीक्षण गर्दै सङ्घीय सांसद तिलक महतले नदी नियन्त्रणको दीर्घकालीन उपायको खोजी गरिने छ भन्नुभयो । “हाल तत्काल ठूलो क्षति नहोस् भनेर बजेट विनियोजन गरिएको छ”, उहाँले भन्नुभयो, “आवश्यकताअनुसार नदी नियन्त्रणका लागि थप बजेट विनियोजन गरिनेछ ।”नवलपुरमा धेरै खेतीयोग्य जमीन बगर बन्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । नवलपुरको अमलटारीदेखि तल्लो भागमा नदीको क्षति बर्सेनी बढ्दै गएको छ । अमलटारीस्थित दुर्गीठोरबाट नदी नवलपुरतर्फ धार परिवर्तन गरेकाले यसलाई साबिककै बहाव क्षेत्रमा लैजानु नै दीर्घकालीन समाधानको उपाय हुने बताइएको छ ।

    नदीपारि कङ्क्रिटको बगर बनेको छ । यसले गर्दा नदी नवलपुरतर्फ सर्ने क्रम क्रमशः बढेको छ । नदीलाई साबिकै क्षेत्रबाट बग्ने बनाउन दुर्गीठोरमा करीब तीन किलोमिटर ‘च्यानलाइज’ गर्नुपर्ने नदी नियन्त्रण समितिका अध्यक्ष न्यौपानेले बताउनुभयो । “नदी नियन्त्रणको नाममा बर्सेनी करोडौँ रकम लगाइएको छ, तर उचित ठाउ“मा लगाइएको छैन”, उहाँले भन्नुभयो, “अमलटारीबाट नदीलाई साबिककै बहाव क्षेत्रमा मोड्न एकत्रित लगानी गर्ने हो भने सबै समस्याको समाधान हुन्छ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.