सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

वन्यजन्तु र मानवबीचको द्वन्द्व घटाउन निकुञ्ज र बस्तीको सिमानामा पर्खाल


  •    न्युजभित्तो/४ श्रावण २०७७, आईतवार १३:३६ 
  • भरतपुर (चितवन) । निकुञ्ज र मध्यवर्ती सामुदायिक वनको सिमानामा बसोबास गर्ने नागरिकलाई वन्यजन्तुको आक्रमणबाट जोगाउन चितवनमा कङ्क्रिट पर्खाल निर्माण गरिएको छ । पूर्वी चितवनको खैरहनी र राप्ती नगरपालिकाअन्तर्गत पर्ने मध्यवर्ती सामुदायिक वन र बस्तीको सीमामा साढे दुई किलोमिटर पर्खाल निर्माण सम्पन्न गरिएको हो ।

    वाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पहिलो चरणमा ५।५ किलोमिटर पर्खालका लागि ठेक्का सम्झौता गरेकामा आधा काम सम्पन्न भएको छ । पहिलो चरणमा जम्मा आठ किलोमिटर पर्खाल निर्माण गर्ने मन्त्रालयको लक्ष्य छ । बाँकी २।५ किलोमिटर पर्खालको ठेक्का सम्झौता भएर यस वर्षदेखि काम शुरु भएको हो ।

    मन्त्रालयले रु आठ करोडको लागतमा ५।५ किलोमिटर पर्खाल निर्माण गरिरहेको इञ्जीनियर बालगोपाल सिग्देलले जानकारी दिनुभयो । पर्खालको ५० प्रतिशत काम सम्पन्न भएको र बाँकी यसै आर्थिक वर्षमा सम्पन्न हुने उहाँले बताउनुभयो । खैरहनी नगरपालिकाको वडा नं १०, ११, १२, १३ र राप्ती नगरपालिकाको १, ३ र ६ नं वडामा पर्खाल निर्माण गरिएको छ । सो क्षेत्रमा हात्ती, गैँडा, बँदेललगायतका जङ्गली जनावर बस्तीमा पसेर बाली खानुका साथै धनजनको समेत क्षति गर्ने गरेका छन् ।

    मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण कार्यक्रमअन्तर्गत चितवनका दुई नगरपालिकाको निकुञ्ज सिमानामा पर्खाल निर्माण भइरहेको भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले जानकारी दिनुभयो । “सडक, पुलपुलेसो मात्र बनाएर हुँदैन, चितवनमा वर्षेनी वन्यजन्तुको आक्रमणबाट मानवले ज्यान गुमाउनुपरेको छ”, उहाँले भन्नुभयो, “यसको अन्त्य गर्न मन्त्रालयले निकुञ्ज र बस्तीको सिमानामा पर्खाल निर्माण गरिरहेको छ ।

    नागरिकको जीवनको रक्षा गर्ने राज्यको प्रमुख दायित्व रहेको हुँदो त्यसतर्फ पनि प्रदेश सरकारले ध्यान दिएको उहाँले बताउनुभयो । उहाँले पहिलो चरणमा दुई नगरपालिकाअन्तर्गतको निकुञ्ज सिमानामा १५ किलोमिटर पर्खाल निर्माण गरिने र बहुवर्षीय योजनाअनुरुप चितवनका निकुञ्ज सिमानामा पर्ने सबै नगरमा पर्खाल निर्माण गर्ने योजना रहेको जानकारी दिनुभयो ।

    खैरहनी र राप्ती नगरपालिकाअन्तर्गत निकुञ्जको सिमानाका बस्तीमा वन्यजन्तु प्रवेश गरेर दुःख दिन थालेपछि मानव र वन्यजन्तुबीचमा द्वन्द्व बढ्दै गएको छ । द्वन्द्व बढेका कारण संरक्षणमा समेत असर पुगेको भन्दै संरक्षणकर्मीहरुले चिन्ता व्यक्त गर्दै आएका छन् ।

    कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेशकुमार श्रेष्ठले प्रदेश सरकारबाट बस्ती र निकुञ्जको सिमानामा पर्खाल लगाउने कामले संरक्षणकर्मीलाई उत्साहित बनाएको बताउनुभयो । “यो वन्यजन्तु संरक्षणका हिसाबले सबैभन्दा ठूलो काम हो”, उहाँले भन्नुभयो, “राज्यको तर्फबाट नागरिकको सुरक्षाका लागि गरिएको यस प्रकारको काम नेपालमै उदाहरणीय हो ।” उहाँले समयमै गुणस्तरीय काम गर्नका लागि सामुदायिक वनका तर्फबाट पनि निरन्तर निगरानी गरिरहेको जानकारी दिनुभयो । कुमरोजमा ९८० मिटर सामुदायिक वनका तर्फबाट पनि पर्खाल निर्माण गरिएको उहाँले बताउनुभयो । पर्खाल निर्माणबाट चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा रहेका पाँच हजार बढी परिवार लाभान्वित हुने मन्त्रालयको अनुमान छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.