सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गाई काटेको आरोपमा चितवनको कालिकाका एक पक्राउ, चार फरार


  •    न्युजभित्तो/३ श्रावण २०७७, शनिबार २०:३४ 
  • कालिका (चितवन) । जिल्लाको कालिका नगरपालिकाबाट गाई कोटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिका वडा नंं. ३ दुईसय विगहाका हानुप तामाङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

    कार्यालयका सूचना अधिकारी डिएसपी सूर्यबहादुर थापाका अनुसार स्थानीय सन्तबहादुर तामाङको घरमा गाई काटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनामा संलग्न पाँच जनामध्ये अन्य चार जना फरार रहेको थापाले जानकारी दिनुभयो । सो ठाँउबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेनेरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाएर खाल्डो खनेर गाडेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको र फरार रहेकाहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्तिलाई पशुपंछी कसुर सम्बन्धी मुद्धा चलाई कारबाही गरिने प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एक महिनामा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए
    आज २५ अर्बको ऋणपत्र जारी हुँदै
    आलेखः गौरव र पहिचान बन्दै हेटौँडाको सहिद स्मारक
    • रोशी गाउँपालिकाको प्राथमिकताः स्वास्थ्य बीमा र दिवा खाजा निःशुल्क
    • विभागद्वारा बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न निर्देशन
    • तेह्र सय घरमा खानेपानी सुविधा विस्तार
    • बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.