सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चार महिना नपुग्दै जन्मियो “एकान्तवास”


  •    न्युजभित्तो/३ श्रावण २०७७, शनिबार १९:१७ 
  • चितवन । पत्रकार बिनोदबाबु रिजालले चार महिना पनि नपुग्दै एकान्तवासलाई जन्म दिनु भएको छ । गत चैतको दोस्रो साताबाट लेखन शुरु भएको एकान्तवास पुस्तक शनिबार बिमोचन भएको हो ।
    सरकारले लकडाउन शुरु गरेसँगै कतिपय मानिसहरु उकुसमुकुस गर्दै घरमा थन्किरहँदा रिजालले भने त्यसलाई सदुपयोग गर्दै नयाँ सिर्जना गर्नतर्फ लाग्नुभयो । त्यसैको प्रतिफल स्वरुव छोटो अवधिमा एकान्तवास पुस्तक बजारमा आएको हो ।

    रिजालको पहिलो कृतिका रुपमा ‘एकान्तवास’ को लोकार्पण गरिएको छ । कृतिको शनिबार साहित्यकार गोविन्दराज विनोदीले लोकार्पण गर्नुभयो । प्रमुख अतिथि विनोदीले लकडाउनलाई विनोदबाबुले सदुपयोग गरेको बताउनुभयो । उहाँले असहज परिस्थितिलाई सदुपयोग गर्नु राम्रो भएको बताउँदै भन्नुभयो “यो कृति पठनीय छ ।” उहाँले कृतिमा ‘न्यूज’ र ‘भ्यूज’ को संमिश्रण रहेको बताउनुभयो । पत्रकार पनि साहित्यको क्षेत्रमा अघि बढेको अनुभव गरेको उहाँले बुझाई थियो ।

    कृतिको समीक्षा गर्दै साहित्यकार तथा पत्रकार बालकृष्ण थपलियाले चैत ८ देखि असार १ गतेसम्मका मुख्य घटना, तथ्यांक र अनुभूतिलाई रोचक ढंगले पुस्तकमा समावेश गरिएको बताउनुभयो ।

    “यो डायरी पढिरहदा हामी उनीसँग रुन सक्छौँ, हास्न सक्छौँ”, उहाँले भन्नुभयो “कतै इतिहास सम्झाएका छन्, कतै जीवनका आरोह अवरोह सम्झेका छन् ।” चैत ८ देखि असार १ सम्मको ११ दिन बाहेक ७५ दिनलाई पुस्तकमा समेटिएको छ । ७८ शिर्षकमा रिजालले डायरी लेख्नुभएको छ । यो पुस्तकमा २ सय ६० पृष्ठ छन् । कोरोना नियन्त्रण र रोकथामका लागि भएका पहल, अनुभव पनि पुस्तकमा समावेश छन् ।

    कार्यक्रममा साहित्यकार एलबी क्षेत्रीले एकान्तवासको असहनीय पीडा भोगेपनि मिठो कृति ल्याएकोमा खुशी व्यक्त गर्नुभयो । साहित्यकार केदार खनालले समाजका लागि एकान्तवास कृति दस्तावेजका रुपमा रहने बताउनुभयो । समीक्षक उदय अधिकारीले लकडाउनलाई भावी पुस्ताले सहजै बुझ्ने भाषामा उतारेको चित्रण गर्नुभयो ।

    नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले कृति दस्तावेजका रुपमा आएको बताउँदै भन्नुभयो “यो डायरीमात्रै होइन, यसमा देश तथा विदेशका मुख्य घटनाहरु सबै समेटिएका छन् । जुनसुकै भूगोलमा बसेर पढ्न मिल्ने कृति निस्केको छ ।”

    लेखक तथा पत्रकार रिजालले अविष्मरणीय लकडाउनको सम्झनाको संगालो भएको बताउनुभयो । उहाँले भन्नुभयो “गहिरो कल्पनामा डुबेर लेखिएको किताब होइन, कोरोना त्रास र लकडाउनको कालोदिनलाई सम्झने प्रयास गरेको छु ।” लकडाउनपछि अर्थतन्त्र, समाजिक जीवनमा पारेका प्रभावलाई एकीकृत गरी पुस्तकको आकार दिएको उहाँले बताउनुभयो ।

    कृतिमा लकडाउन अवधिमा भएका राजनीतिक उतारचढाव, प्रधानमन्त्रीका अभिव्यक्तिहरु, नयाँ नक्सा जारी, संक्रमितको बढ्दो प्रभाव लगायतका घटना समेटिएका छन् । कृतिमा केही कवित पनि समावेश छन् ।

    पुस्तक युरेका पव्लिकेशनले प्रकाशन गरेको हो । युरेका पव्लिकेशन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले पत्रकार रिजालले लकडाउन अवधिलाई पत्रकार र नागरिकको आँखाबाट नियालेर दैनिकी लिपिवद्ध गरेको बताउनुभयो । सापकोटाले लकडाउन अवधिका तथ्यांक मात्रै नभई त्यसले पारेका प्रभाव र आउन सक्ने चुनौती समेत समेटी कृति आएकाले पढ्न उपयोगी हुने बताउनुभयो ।

    पत्रकार रिजाल कायाकैरन दैनिकका सम्पादक हुनुहुन्छ । उहाँ विगत १६ वर्षदेखि चितवनको पत्रकारितामा क्रियाशील हुनुहुन्छ । व्यवस्थापन विषयमा स्नातकोत्तर उत्तीर्ण रिजालले एलएलवी पनि अध्ययन गर्दै हुनुहुन्छ । धादिङको वेनघाट रोराङ गाउँपालिका वडा नं. १० स्थायी घर भएका रिजाल हाल भरतपुर महानगरपालिका वडा नं. १० मा बस्दै आउनु भएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ
    बाहुनडाँगीमा जङ्गली हात्तीको आतङ्क, स्थानीय त्रसित
    राहदानी खरिदसम्बन्धी विषयमा जर्मनी दूतावासको स्पष्टोक्ति
    • साउनभित्र दुई लाख १० हजार मेट्रिकटन रासायनिक मल आयात हुँदै
    • चुमभ्यालीमा १० वर्षदेखि हराइरहेका बन्दिपुर
    • नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउने उपकरण तयारी अवस्थामा
    • सरकारले परिणाममुखी विकास कूटनीतिमा जोड दिएको छः परराष्ट्रमन्त्री खनाल

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.