सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार बिनोदबाबु रिजालको एकान्तवास पुस्तक बजारमा


  •    न्युजभित्तो/३ श्रावण २०७७, शनिबार १०:३२ 
  • चितवन । चितवनका पत्रकार विनोदबाबु रिजालले लेखेको पुस्तक ‘एकान्तवास’ बजारमा आएको छ । कोभिड–१९ महामारीको कारण गरिएको विश्वव्यापी लकडाउनका बेला भोगेका, देखेका र सुनेका विविध सन्दर्भ समेटेर लेखिएको डायरी एकान्तवास हो । यसलाई ‘लकडाउन डायरी’ पनि भनिएको छ ।

    “मेरो मात्रै होइन, हामी सबैका अनुभूतिको प्रतिविम्ब समेटेको छु”, लेखक रिजालले भन्नुभयो, “कोरोना भाइरस र यसले निम्त्याएको लकडाउन हाम्रो जीवनकालमा भोगेका सबैभन्दा अविष्मरणीय घटना हो, यसलाई कसैले पनि भुल्न सक्दैन ।” किताबमा २०७६ चैत ११ देखि २०७७ जेठ ३२ सम्म गरिएको कठिन लकडाउनका सन्दर्भ समेटिएको साहित्यकार बालकृष्ण थपलियाले बताउनुभयो । हरेक दिनका घटना र गतिविधिका टिपोटलाई उहाँले निबन्धात्मक रूप दिनुभएको छ । हरेक सन्दर्भलाई उहाँले व्याख्या गरी यसका कारण र परिणामको चर्चा गर्नुभएको थपलियाले बताउनुभयो । लकडाउनको तत्कालीन समयका आर्थिक, राजनीतिक, सामाजिक विषयवस्तुलाई समेत उल्लेख गर्दै आफ्ना अनुभूति दैनिकीमा समेटिएको थपलियाको भनाइ छ ।

    विसं २०६१ बाट पत्रकारिता थाल्नुभएका रिजाल कायाकैरन दैनिकमा सम्पादक हुनुहुन्छ । स्थानीय रेडियो, टेलिभिजनमा पनि समाचार प्रमुख भएर काम गर्नुभएका उहाँले राष्ट्रिय मिडियामा पनि लामो समय काम गरिसक्नुभएको छ । युरेका पब्लिकेसनले प्रकाशन गरेको पुस्तक नारायणगढको सम्पूर्ण किताबले बजारमा उपलब्ध गराइरहेको छ ।

    तीन सय पृष्ठको किताबको मूल्य रु ३७५ राखिएको युरेका पब्लिकेसन तथा सम्पूर्ण किताबका लेखराम सापकोटाले बताउनुभयो । पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडाले पत्रकारलाई लेखन क्षेत्रमा प्रोत्साहित गर्नुपर्ने भन्दै आफूले पुस्तक छापिनुअघिनै किताबको मूल्य भुक्तानी गरेर अग्रिम बुकिङ गरेको बताउनुभयो । उहाँले भन्नुभयो “किताब किनेर पढीदिन सबैमा अनुरोध गर्छु ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भरतपुरमा छ स्थानमा खानेपानीका ‘ओभरहेड ट्याङ्की’ निर्माण गरिँदै
    प्रधानमन्त्रीको भारत भ्रमणः द्विपक्षीय हित र सम्बन्ध विस्तारमा केन्द्रित हुन पूर्वपरराष्ट्रमन्त्रीहरूको सुझाव
    आविष्कार केन्द्रको अवलोकन गर्दै मन्त्री तामाङले भने– आविष्कारको युगमा प्रदेश सरकारले सहयोग गर्छ
    • दसैँ–तिहारपछि भरतपुर अस्पतालमा बिरामीको चाप
    • टेन्ट टाँगेर आफ्नै थातथलो फर्किए टिमुरेका बाढीपीडित
    • दूरसञ्चार सेवा प्रदायकलाई जरिवाना र ब्याज मिनाहाको सुविधा
    • धार्मिक पर्यटन प्रवर्द्धन र सनातन धर्मलाई युवापुस्तासँग जोड्नुपर्नेमा मन्त्री तामाङको जोड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.