चितवनमा थपिए आठ कोरोना संक्रमित, कूल संख्या १०८ पुग्यो
न्युजभित्तो/३१ असार २०७७, बुधबार ०९:३६
चितवन । जिल्लामा थप आठ जनामा कोरोना पुष्टि भएकोछ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा चितवनका ८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या १०८ पुगेको छ ।
ती सबै संक्रमित माडी नगरपालिकाका रहेको प्रयोगशालाका प्रमुख डा.निती अधिकारीले जानकारी दिनुभयो। संक्रमित हुनेमा–१, ७ र ८ नम्बर वडाका १९ वर्षदेखि ३६ वर्ष उमेर समूहका पुरुषहरु रहेका छन् । उनीहरु सबै माडीकै क्वारेन्टिनमा रहेका थिए ।
मंगलबार प्रयोगशालामा कुल ३०८ वटा नमुना परीक्षण गरिएको थियो । जसमध्ये २८९ नमुनाको रिपोट नगेटिभ आएको छ । चितवन जिल्ला भित्रका मात्र हालसम्म ६१ हजार बढीको नमुना परीक्षण भइसकेको छ ।
यस्तै चितवनमै गरिएको परीक्षणमा पूर्वी नवलपरासीको कावासोती र बुलिङटारका गरी ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनीहरु पनि क्वारेन्टिनमा बसेका थिए ।