भरतपुर महानगरपालिकाले दियो सात सहकारीलाई कम्प्युटर
न्युजभित्तो/३० असार २०७७, मंगलवार १९:५४
भरतपुर । भरतपुर महानगरपालिकाले सात वटा सहकारीलाई कम्प्युटर सहयोग गरेको छ । चालु आर्थिक वर्ष २०७६/०७७ को कार्यक्रम अन्तर्गत महानगरपालिका भित्र सञ्चालित महिला सहकारीलाई कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको हो ।
महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले मंगलबार महानगर भित्रका सात वटा सहकारी संस्थालाई कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गर्नुभएको हो । महिला सहकारीहरुको क्षमता अभिवृद्धिमा टेवा पुगोस् भन्ने उद्देश्यले कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको नगर प्रमुख दाहालले बताउनुभयो । महानगरपालिकामा नगर प्रमुख तथा उपप्रमुख दुवै जना महिला भएकाले महिलाहरुको जीवनस्तर उकास्न तथा रोजगारी सिर्जना गर्न आफूहरु सधैँ तत्पर रहेको दाहालको भनाइ छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीले महिला सहकारीहरुको सेवा अन्यको भन्दा गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो । सहकारीले गर्ने सबै कारोबार विद्युतीय हुनुपर्नेमा जोड दिँदै जोशीले कम्प्युटर तथा प्रिन्टरका माध्यमबाट सहकारीको क्षमता समेत अभिवृद्धि हुने बताउनुभयो । महिलाहरुले सञ्चालन गरेको सहकारी उदाहरणीय हुनुपर्ने भन्दै जोशीले प्रदान गरिएको कम्प्युटरले सहकारीको कामलाई अझ सहज बनाउने विश्वास व्यक्त गर्नुभयो ।
कम्प्युटर तथा प्रिन्टरका लागि आवेदन परेका सबै महिला सहकारी संस्थाहरुलाई सामग्री प्रदान गरिएको भरतपुर महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखाका सहकारी अधिकृत रामबाबु पौडेलले जानकारी दिनुभयो । सहकारी संस्थाहरुलाई नाइन्थ जेनेरेशनको ब्राण्डेड कम्प्युटर तथा फोटोकपी, प्रिन्ट र स्क्यान गर्न मिल्ने प्रिन्टर प्रदान गरिएको पौडेलको भनाइ छ । ती सामग्रीको लागि भरतपुर महानगरपालिकाको ७५ प्रतिशत तथा महिला सहकारी संस्थाको २५ प्रतिशत लगानी रहेको पौडेलले जानकारी दिनुभयो ।
भरतपुर २७ को शिवालय महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड, भरतपुर २१ को पञ्चज्योति महिला बचत तथा ऋण संस्था लिमिटेड, भरतपुर १५ को फूलबारी महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, भरतपुर २५ को अमृत महिला बचत तथा ऋण संस्था लिमिटेड, भरतपुर २६ को दिव्यनगर महिला साना किसान कृषि सहकारी संस्था लिमिटेड, भरतपुर २६ को शान्ति महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र भरतपुर १८ को उन्नती महिला विकास सहकारी संस्था लिमिटेडलाई महानगरपालिकाको तीन लाख ५० हजार रुपैयाँ अनुदानमा कम्प्युटर तथा प्रिन्टर प्रदान गरिएको सहकारी अधिकृत पौडेलले बताउनुभयो ।
त्यस्तै, महानगरपालिकाको सहकारी शाखाले दुई वटा सहकारी संस्थालाई मिल्क एनालाइजर खरिदका लागि रकम प्रदान गरेको छ । सहकारी अधिकृत रामबाबु पौडेलकाअनुसार भरतपुर २१ को ओम शिवालय कृषि सहकारी संस्था लिमिटेड र भरतपुर २५ को अमृत बहुउद्देश्यीय सहकारी संस्थालाई मिल्क एनालाइजर खरिदका लागि १÷१ लाख रुपैयाँ प्रदान गरिएको छ । कार्यालयले गाईपालनका लागि समेत भरतपुर २३ को आयुश महिला विकास कृषि सहकारी संस्थालाई पाँच लाख रुपैयाँ अनुदान दिएको पौडेलले बताउनुभयो ।
सिमान्तकृत कुमाल जातिको आयस्तर उकास्नका लागि समेत महानगरपालिकाले सहकारीमार्फत अनुदान प्रदान गरेको उहाँले बताउनुभयो । भरतपुर २८ को लौखरी कृषि सहकारी संस्थालाई तरकारी खेती गर्न बीऊ पुँजीस्वरुप पाँच लाख रुपैयाँ प्रदान गरिएको पौडेलले जानकारी दिनुभयो ।
महानगरपालिकाको सहकारी तथा रोजगार प्रवद्र्धन शाखा मार्फत विभिन्न आठ वटा सहकारी संस्थाहरुलाई भवन निर्माणका लागि क्रमागतमा रकम प्रदान गरिने सहकारी अधिकृत पौडेलले बताउनुभयो । भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र बुझाएपछि आठ वटा सहकारीलाई ५० प्रतिशत रकम बराबरको अनुदान दिने निर्णय भएको पौडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार भरतपुर ७ को प्रेमबस्ती दुग्ध उत्पादक सहकारी संस्थालाई १० लाख, भरतपुर २५ को सानाकिसान कृषि सहकारी संस्थालाई १० लाख, भरतपुर २४ को आत्मनिर्भर सामाजिक उद्यमी महिला सहकारी संस्थालाई आठ लाख, भरतपुर १३ को उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थालाई १० लाख, भरतपुर १६ को किसान बहुउद्धेश्यीय सहकारी संस्थालाई पाँच लाख, भरतपुर १९ को सिर्जना महिला विकास सहकारी संस्थालाई पाँच लाख, भरतपुर २२ को अमर बहुउद्धेश्यीय सहकारी संस्थालाई दुई लाख र भरतपुर ३ को नारायणगढ तरकारी तथा फलफूल सहकारी संस्था लिमिटेडलाई पाँच लाख रुपैयाँ अनुदान दिइने बताउनुभयो ।
कार्यक्रम यसै आर्थिक वर्षको भएपनि सहकारीहरुले भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र बुझाएपछि अर्को वर्ष समेत अुनदान दिन मिल्नेगरि सम्झौता गरिएको पौडेलको भनाइ छ ।