सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सञ्चार उद्यमी पौडेल कांंग्रेस चितवनको कार्यसमितिमा मनोनित


  •    न्युजभित्तो/२९ असार २०७७, सोमबार २१:३८ 
  • चितवन । सञ्चार उद्यमी नविनराज पौडेल नेपाली कांग्रेस चितवनको कार्यसमिति सदस्यमा मनोनित हुनु भएको छ । पार्टीको विधान, निर्देशन तथा निर्णयको अनुसरण गर्दै पार्टीले पौडेललाई आइतबार आमन्त्रित सदस्यमा मनोनित गरेको हो ।

    पौडेलले लामो समयदेखि पार्टीको विभिन्न तह र तप्कामा रही काम गर्दै आउनु भएको छ । उहाँले नेपाली कांंग्रेस प्रचार विभाग सदस्यको रुपमा काम गरिसक्नु भएको छ भने लामोसमयदेखि पार्टीको प्रतिष्ठा, हित र संगठन विस्तार लगायत काम गर्दै आउनु भएका छ ।

    दुईदशकदेखि सञ्चार क्षेत्रमा क्रियाशील पौडेलले चितवनमा रहेर भरतपुर एफएम, भरतपुर पोष्ट, भरतपुर टिभीलगायतका सञ्चार माध्यम सञ्चालन गर्दै आउनु भएको छ । उहाँ चितवन नवलपुर प्रसारण मञ्चमा समेत आवद्ध हुनुहुन्छ । पौडेल भरतपुर महानगरपालिका वडा नं. ५ को पार्टी प्रतिनिधि पनि हुनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.