सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पत्रकार अधिकारीको सह्रानीय काम, विवाह भोजको रकम कोरोना राहत कोषमा


  •    न्युजभित्तो/२८ असार २०७७, आईतवार १८:५८ 
  • चितवन । पत्रकार दिपेन्द्र अधिकारीले सह्रानीय कार्य गर्नुभएको छ । उहाँले आफ्नो विवाह भोजको रकम कटौती गरेर कोरोना राहत कोषमा सहयोग गर्नुभएको हो ।

    उहाँले आईतबार नगद एक लाख रुपैयाँ इच्छाकामना गाउँपालिकाको कोरोना राहत कोषमा जम्मा गर्नुभएको छ । लकडाउनको समयमा विवाह बन्धनमा बाँधिनुभएका अधिकारीले भोजका लागि छुट्टाइएको खर्च रकम एक लाख रुपैयाँ इच्छाकामना गाउँपालिकाको कोरोना राहत कोषमा जम्मा गरेको बताउनुभयो । उहाँले भन्नुभयो “कोरोनाका कारण साथीभाईलाई पार्टी दिन पनि पाईएन, पार्टी दिने रकम कोषमा जम्मा गरेँ ।”

    ईच्छाकामना गाउँपालिका वडा नं. ३ कमेरे स्थायी घर भएका अधिकारीले असार १४ गते कालिका नगरपालिका वडा नं.९ निवासी सिर्जन भण्डारीसँग विवाह गर्नुभएको थियो । सामाजिक दूरी कायम गर्दै सीमित उपस्थितिमा विवाह गरेर भोजको खर्च रकम कोरोना राहत कोषमा जम्मा गरिएको अधिकारीले बताउनुभयो । अधिकारी र भण्डारीद्वयले कोरोना परीक्षण गरेर विवाह गर्नुभएको थियो ।

    अधिकारी र भण्डारीले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साललाई उक्त रकम हस्तान्तरण गर्नुभयो । अधिकृत लम्सालले उक्त रकम कोरोनाबाट प्रभावितहरुको सहयोगमा खर्च गरिने बताउनुभयो ।

    अधिकारी चितवनबाट प्रकाशित हुने चितवन पोष्ट दैनिकमा कार्यरत हुनुहुन्छ । अधिकारी इन्सेक चितवनको प्रतिनिधि हुनुहुन्छ भने सप्तगण्डकी बहुमुखी क्याम्पसमा पत्रकारिता विषय प्राध्यापन गराउनुहुन्छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.