सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

दाहालद्वारा सौराहालगायत डुबान क्षेत्रको अवलोकन


  •    न्युजभित्तो/२८ असार २०७७, आईतवार १८:१३ 
  • चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले डुबानमा परेको जिल्लाको पर्यटकीय क्षेत्र सौराहालगायतका पूर्वी चितवन क्षेत्रको आईतबार अवलोकन गर्नुभएको छ । कालिका नगरपालिकाका विभिन्न डुबान क्षेत्र, राप्ती हुँदै दाहालले सौराहाको डुबान क्षेत्रको अवलोकन गर्नुभएको हो ।

    कालिका नगरपालिकाको डुबान भएको वडा नं २, ३, ६ र ७ का विभिन्न क्षेत्रको दाहालले अवलोकन गर्नुभयो । कालिकाका प्रमुख खुमनारायण श्रेष्ठका अनुसार ती क्षेत्रमा पुङखोलाको बाढीले डुबान गराएको हो । खोलाको पानीलाई डाइभर्सन गरी थाङखोलामा मिसाउन सकिने भन्दै दाहाललाई थाङखोलाको निरीक्षण गराइएको थियो ।

    दाहालले राप्ती नगरपालिका, खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाको राप्ती नदी किनारमा लगाइएको ड्याकको स्थलगत निरीक्षण गर्नुभएको छ । ती नगरपालिकाका प्रमुखले दाहाललाई त्यहाँको अवस्थाका बारेमा जानकारी गराउनुभएको थियो । राप्ती नगरप्रमुख प्रमुख प्रभा बराल र खैरहनीका प्रमुख लालमणि चौधरीले बाढी रोक्नका लागि तत्काल गर्नुपर्ने र दीर्घकालीन उपायका बारेमा दाहाललाई जानकारी गराउनुभएको थियो ।

    रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले बाढीका कारण राप्ती नदी पारी स्थानीयको लालपूर्जा भएको जग्गा पुगेको भए पनि उनीहरुले केही पाउन नसकेको गुनासो गर्नुभयो । उहाँले निजी हात्ती चरनको समस्या भएको दाहाललाई जानकारी गराउनुभएको थियो । दाहालले ती समस्याका बारेमा राजधानी फर्किएपछि समाधानका लागि पहल गर्ने बताउनुभयो ।

    पर्यटकीय क्षेत्र सौराहाको चित्रसारी क्षेत्रमा रहेका अधिकांश होटल तथा रेस्टुराँ डुबानमा परेका छन् । खगेरी खोलामा आएको बाढीले रत्ननगरका वडा नं ७ र ८ मा रहेका होटल तथा रेस्टुराँ डुबानमा परेका हुन् । दाहालले शनिबार भरतपुर महानगरपालिका र माडी नगरपालिकामा बाढीबाट प्रभावित भएका क्षेत्रको निरीक्षण गर्नुभएको थियो । दाहाल क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    स्फेरिकल भ्यूमा त्रिवि क्रिकेट मैदान
    दसैँ,तिहार लक्षित भेडा च्याङ्ग्रा
    • अन्धोपन घट्दै, ग्लुकोमा र दृष्टिदोषको जोखिम बढ्दै
    • चितवनको ‘कर्णाली’ राप्तीका बासिन्दाले पाए नागरिकता
    • विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    • मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.