सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनका दुई शंकास्पद मृत्यु प्रकरणमा सात जना पक्राउ


  •    न्युजभित्तो/२६ असार २०७७, शुक्रबार ०९:५० 
  • चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दुईजना व्यक्तिको शङ्कास्पद मृत्युका विषयमा अनुसन्धान गर्न सात जनालाई नियन्त्रणमा लिएको छ । भरतपुर महानरपालिका–१० मा बोरामा पोको पारेर फालिएका भरतपुर महानगर वडा नम्बर १४ का राजकुमार गुरुङको हत्याको आशङ्कामा पाँच जनालाई नियन्त्रणमा लिइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार गुरुङको परिवारको किटानी जाहेरीको आधारमा उनीहरुलाई नियन्त्रणमा लिइएको हो । यस्तै भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा आफ्नै बारीमा मृतावस्थामा भेटिएका २७ वर्षीय सञ्जय खनालको मृत्यु प्रकरणमा संलग्न रहेको आशङ्कामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । खनालको हत्या गरेको आशङ्कामा तीन जनालाई नियन्त्रणमा लिइएको भए पनि एक जनालाई निगरानीमा राख्ने गरी छाडिएको थापाले बताउनुभयो । खनाल यहि असार १८ गते आफ्नै बारीमा मृत अवस्थामा भेटिएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.