चितवन । जिल्लाका थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका तीन जना र कालिका नगरपालिकाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशाला प्रमुख डा. नितु अधिकारीका अनुसार कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाको क्वारेन्टिनमा रहेका भरतपुर–१७ र १८ का ३०, ३२ र ५५ वर्षीय तीन जना पुरुष रहेका छन् । यस्तै कालिका नगरपालिका–२ जुटपानीका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । ती पुरुषको जुटपानी अस्पतालमा स्वाब संकलन गरिएको हो ।
यस्तै गैंडाकोट–१३ का ३१ वर्षीष् पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । ती व्यक्ति गैंडाकोटको क्वारेन्टिनमा रहेका छन् । मंगलबार २५५ नमूना परीक्षण गरिएकोमा ५ वटामा पोजेटिभ आएका अधिकारीले जानकारी दिनुभयो ।