चितवनमा थपिए पाँच जना कोरोना संक्रमित, सबै क्वारेन्टिनमा
न्युजभित्तो/२३ असार २०७७, मंगलवार २१:१५
चितवन । जिल्लामा थप पाँच जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा माडीका चार जना र रत्ननगरका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाका अनुसार संक्रमित हुने व्यक्तिहरुमा माडी नगरपालिका–२ का ४४ वर्षीय पुरुष, माडी नगरपालिका–६ का २४, २६ र ४५ वर्षीय पुरुष रहेका छन् ।
त्यस्तै रत्ननगर नगरपालिका–७ की २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डा.नितु अधिकारीले जानकारी दिनुभयो । उनीहरु पाँच जना नै क्वारेन्टिनमा रहेका छन् ।
मंगलबार २२३ वटा नमुनाको परीक्षण गरिएको थियो । बाँकी २१८ वटा नमुनाको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाले जनाएको छ ।