सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सरकारी अस्पतालको सेवा उत्कृष्ट : प्रदेश प्रमुख प्रसाईं


  •    न्युजभित्तो/२३ असार २०७७, मंगलवार १९:२६ 
  • चितवन । वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारी अस्पतालप्रति जनमानसको भ्रम चिरेर सकारात्मक सन्देश प्रवाह गर्नुपर्ने बताउनुभएको छ । भरतपुर अस्पतालमा मंगलबार स्वास्थ्य परीक्षण गराएपछि उहाँले यहाँको सेवाको बारेमा आम जनतालाई बुझाउन आग्रह गर्नुभयो ।

    सरकारी अस्पतालको सेवा सुविधा राम्रो हुँदै गएको जनाउँदै उहाँले यस अस्पतालको सेवा उत्कृष्ठ रहेको आफूले जानकारी पाएको बताउनुभयो ।

    उहाँले कोभिड–१९ को उपचारमा सरकारी अस्पतालले पु¥याएको योगदानको उच्च सम्मान गर्दै थप प्रभावकारी सेवा दिन आग्रह गर्नुभयो । सो अवसरमा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा श्रीराम तिवारी, अस्पताल विकास समितिका सदस्य केशव देवकोटा, अस्पतालका वरिष्ठ हाडजोर्नी एवं नसा रोग विशेषज्ञ प्रा डा कृष्ण पौडेल र सूचना अधिकारी लिलाधर पौडेलले अस्पतालका सेवा सुविधाका बारेमा जानकारी गराउनुभएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराई पनि सो अवसरमा उपस्थित हुनुहुन्थ्यो ।

    प्रदेश प्रमुख प्रसाईंको प्रा डा पौडेलले स्वास्थ्य परीक्षण गर्नुभएको थियो । ढाड सड्किएको र कुममा समस्या भएको प्रा डा पौडेलले जानकारी दिनुभयो । प्रमुख प्रसाईँका स्वकीय सचिव प्रताप उप्रेतीका अनुसार उहाँले सधैँ आफ्नो उपचार सरकारी अस्पतालमा गर्दै आउनुभएको छ । दुई दिन अघि मकवानपुर गढीबाट झर्ने क्रममा ढाड सड्किएपछि उपचारका लागि प्रमुख प्रसाईँ भरतपुर अस्पताल आउनुभएको हो । उहाँले आज यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको पनि निरीक्षण गर्नुभएको थियो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.