सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सबै वडामा स्वास्थ्यचौकी बनाउँदै राप्ती


  •    न्युजभित्तो/२१ असार २०७७, आईतवार १९:५२ 
  • चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकाले सबै वडामा स्वास्थ्यचौकी निर्माण शुरु गरेको छ । नगरपालिकाको एक वडा एक स्वास्थ्यचौकी बनाउने नीति तथा कार्यक्रमअन्तर्गत स्वास्थ्यचौकी नभएका सात वटा वडामा निर्माणका लागि काम शुरु गरिएको हो ।

    नगरपालिका प्रमुख प्रभा बरालका अनुसार वडा नं १, ३, ४, ६, ७, ८ र ११ मा स्वास्थ्यचौकी निर्माणको कामलाई तीव्र बनाइएको हो । वडा नं ३ र ७ मा स्वास्थ्यचौकी शिलान्यासको भइसकेको र अन्य वडामा दिन जुराएर शिलान्यास गरिने उहाँले बताउनुभयो । चौँसठ्ठी हजार जनसङ्ख्या रहेको सो नगरपालिकामा १३ वटा वडा छन् ।

    स्वास्थ्यचौकी निर्माणका लागि जनसङ्ख्याका आधारमा बजेट विनियोजन गरिएको छ । जनसङ्ख्या सात हजारभन्दा बढी भएको वडामा रु ६४ लाख र थोरै भएका ठाउँमा रु ३४ लाखका लागतमा स्वास्थ्यचौकी निर्माण गरिने बताइएको छ ।

    सो नगरपालिकाको वडा नं ५ भण्डारामा १५ श्ययाको अस्पताल र वडा नं १० मा सामुदायिक स्वास्थ्य एकाइ छन् । मकवानपुरको मनहरि गाउँपालिकासँग सीमा जोडिएको सो नगरपालिकाका चार वटा वडा पहाडमा पर्छन् । ती वडामध्ये दुई वटामा चेपाङको बाहुल्य छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रास्वपाको मतदान सम्पन्न
    दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड
    दश हजार भायल एन्टि–रेबिज खोप मौज्दात: स्वास्थ्य मन्त्रालय
    • बालबालिका विरुद्धको हिंसा अन्त्य गर्न दक्षिण एसियाली मन्त्रीस्तरीय सम्मेलनको जोड
    • आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
    • महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ: सञ्चारमन्त्री तिमिल्सिना
    • आलेखः दुर्लभ चरा खोज्दै र चिनाउँदै संरक्षणकर्मी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.