सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवनमा थपिए १३ जना कोरोना संक्रमित


  •    न्युजभित्तो/१७ असार २०७७, बुधबार १६:५९ 
  • चितवन । जिल्लाका थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार गरिएको परीक्षणको नतिजा मंगलबार प्रकाशित गर्दै भरतपुर अस्पतालले जिल्लामा १३ जना संक्रमित थपिएको जनाएको छ ।

    चितवनका संक्रमण पुष्टि हुनेमा भरतपुरका मात्रै १० जना छन् भने दुई जना माडी र एक जना राप्ती नगरपालिकाका हुन् । भरतपुर अस्पतालबाट गरिएको परीक्षणमा माडी नगरपालिका–५ र ३ का २५ र ७३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै सोही अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका–७ र २२ बस्ने २६ र ५० वर्षीय पुरुष, भरतपुर–११ बस्ने वर्ष ४५ की एक महिला रहेका छन् ।

    यस्तै नारायणी सामुदायिक हस्पिटलमा उपचाररत खैरहनी नगरपालिका का ६१ वर्षीय पुरुष र राप्ती नगरपालिका–१ की १२ वर्षीया बालिकामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । यस्तै भरतपुर महानगरपालिकाको वडा नंं. ९, ४, २२, २५ र २६ नम्बर वडाका २१ देखि ४८ वर्ष उमेर समूहका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यस्तै भरतपुरको सेन्ट्रल हस्पिटलमा उपचाररत गोर्खाको मनकामना बस्ने ३० वर्षीया महिला र भरतपुर अस्पतालमा झापा दमक–३ बस्ने ३५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.