सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सत्रकिलो दुर्घटना अपडेट : आमा छोराको मृत्यु, बाबु छोरी र चालक घाईते


  •    न्युजभित्तो/१६ असार २०७७, मंगलवार ०७:४० 
  • चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका वडा नंं २९ सत्र किलोमा सोमबार साँझ भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । घटनामा तीन जना घाईते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय चितवन दिएको जानकारी अनुसार मृत्यु हुनेमा हेटौंडा ५ मकवानपुरकी ४८ वर्षिया प्रभा गौतम (धिताल) र २५ वर्षिय अनुज धिताल रहेका छन् । उनीहरु आमा छोरा हुन् । प्रभाको सोमबार साँझ र धितालको मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रहरीका अनुसार मुग्लिनबाट नारायणगढतर्फ आउदै गरेको बा १३ च ५९२९ नम्बरको स्करपियो र विपरित दिशाबाट आउँदै गरेको एन एल ०१ क्यु ५१०६ नम्बरको ग्याँस बुलेट सोमबार साँझ एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

    दुर्घटनामा घाइते हेटौंडा ५ का स्करपियो चालक ४८ बर्षिय राजन घिमिरे, ५३ बर्षिय कृष्ण धिताल र २७ वर्षिया बर्षा धितालको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । मृतक आमा छोरा र घाईते धितालद्वय बाबु छोरी सबै एकै परिवारका सदस्य हुन् ।

    घाईतेको भरतपुरस्थित कलेज अफ मेडिकल साईन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) मा उपचार भैरहेको प्रहरीले जनाएको छ । घटनापछि बुलेट चालक फरार रहेको प्रहरीले जनाएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित
    अण्डाको महत्व बुझाउँदै विश्व अण्डा दिवस, चितवनमा असोज २३ गते ‘एग वाक’
    जङ्गली मौरी संरक्षणसँगै व्यावसायिक मौरीपालन प्रवर्द्धनको खाँचो
    • प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अन्स्र्टको शिष्टाचार भेट
    • कृषि तथा वन विज्ञान विश्वविद्यालयः अध्ययन बिदा छानविन गर्न छानबिन समिति गठन
    • नारायणी किनार कहरः भरतपुर महानगरपालिका बनाउँछ, नारायणी बगाउँछ
    • बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.